हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 363  पटक पढिएको

बारा जिल्लाको धादिङबाट वीरगंजतर्फ जाँदै गरेको ना.५ ख.५३७२ नम्बरको बसका यात्रुको नगद १ लाख ५ हजार रूपैयाँ लुटपाट गरेको अभियोगमा सोही बसमा सवार काभ्रे घर भएका ३० वर्षीय राजु लामा सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बसमा सवार जितपुरसिमरा उपमहानगरपालिका(७ बस्ने ४५ वर्षीय पुरूषको साथबाट राजु लगायत ३ जनाले हातपात समेत गरी उक्त नगद लुटपाट गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले उनीहरूमध्ये २ जनालाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो । हाल फरार १ जनाको प्रहरीले खोजी गरिरहेको छ ।

त्यसैगरी नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका-१३ मौराटाडी बस्ने ५८ वर्षीया महिलाको ३ तोला ५० लाल बराबरको सुनको सिक्री लुटपाट गरेको अभियोगमा सुनवल नगरपालिका(१२ फरौली बस्ने १९ वर्षीय देवराज यादव समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँमा पैदल हिँडिरहेको अवस्थामा लु।७४ प ४५०८ नम्बरको मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले महिलाले लगाएको उक्त सिक्री लुटि फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको प्रहरीले रामग्राम नगरपालिका(५ बुद्धचोकबाट उनीहरूलाई उक्त मोटरसाइकल र सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!