हिपमत डटकम

आइतबार, कार्तिक १४, २०७८ || 453  पटक पढिएको

जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै जनप्रतिनिधिहरुले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर थुपारेका छन् । दीपावली नजिकिए पनि जनकपुरधाम उपमहानगरको फोहोर व्यवस्थापन नगरेको भन्दै उपमहानगरकै केही वडाध्यक्षले नगरप्रमुख साहको घर अगाडि फोहोर थुपारेका हुन् ।

 

फोहरमैला व्यवस्थापनका लागि डम्पिङ साइटको अभाव हुँदा जनकपुरधाम उपमहानगरभित्रको फोहोर उठ्न सकेको छैन । उपमहानगर भित्रका विभिन्न वडामा थुपारिएको फोहोरहरु व्यवस्थापनमा असहयोग गरेको भन्दै वडाध्यक्षहरुले नगरप्रमुख साहकै घर अगाडि फोहोर थुपारिदिएका हुन् ।

जनकपुरधाम उपमहानगरपालिका–१ का वडाध्यक्ष शत्रुधन साह, ४ का वडाध्यक्ष सुदर्शन सिंह र ७ का वडाध्यक्ष जानकीराम साहको नेतृत्वमा युवाहरुको टोलीले नगर प्रमुखको घर अगाडि फोहोर थुपारेको हो । प्रहरीले नगर प्रमुख लालकिशोर साहको घर अगाडि फोहोर फाल्न नदिएपछि उनीहरुले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडिको बाटो जाम गरेर फोहोरका गाडीसहित धर्ना दिएका छन् ।

फोहोर व्यवस्थापनका लागि नगर प्रमुख लालकिशोर साहले चासो नदेखाएको, फोहोर व्यवस्थापनका लागि उपमहानगरले ट्रयाक्टरसम्म उपलब्ध नगराएको र जनताको समस्याप्रति वास्ता नराखी भ्रष्टाचारमा केन्द्रित भएको आरोप लगाउँदै वडाअध्यक्षहरु सडकमै धर्ना बसेका हुन् ।

दीपावलीका लागि केहि दिनमात्रै बाँकी रहेको र अहिले सबै जनता आफ्नो घर सरसफाइमा लागि रहँदा वडाका विभिन्न सडक छेउमा फोहोर थुपारिएको भन्दै जनकपुरधाम–४ का वडाध्यक्ष सुदर्शन सिंहले उपमहानगरले फोहोर व्यवस्थापन नगर्दा विरोधमा उत्रिनु परेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!