राजिव शाह

शनिबार, कार्तिक ०६, २०७८ || 545  पटक पढिएको

सर्लाही। नवलपुर सब स्टेशनकाे १३२-३३ केभीए लाइन सप्लाई आज सनिवारबाट संचालनमा आएको छ । मलंगवा वितरण केन्द्र उप- प्रबन्धक बिनोद कुमार यादवका अनुसार,मलंगवा वितरण केन्द्रबाट विधुत सप्लाई सुरु गरिएको जानकारी गराए ।

जिल्लामा लो भोल्टेजको समस्या, पट्क पट्क विद्युत काटिने समस्या नहुने वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेशन गरी सपलाई शुरु गरिएको छ । जिल्लाको लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२-३३ केभीए लाइनको लागि सब–स्टेशनको निर्माण गरिएको हो ।

जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सब–स्टेशन निर्माण कार्यलाई तीब्रता दिइएको हो ।
सब–स्टेशन निर्माण सम्पन्न भएपछि मलङ्गवाबाट विद्युत् सेवा प्रवाह सुरु भएको जिल्लामा विद्युत् अभावको समस्या समाधान उप-प्रबन्धक यादवले बताए । अहिले जिल्लामा व्यवस्थित सब–स्टेशन अभावले धनुषाको ढल्केवर र रौतहटको चपुरको सब–स्टेशनबाट विद्युत् आपूर्ति हुदै आएको थियो ।

जिल्लामा उद्योगधन्दा तथा कलकारखानाहरु दिन प्रतिदिन खुल्ने क्रम बढेपछि विद्युत् क्षमता विस्तारको अवस्थालाई मध्यनजर गर्दै सब–स्टेशन निर्माण शुरु गरिएको विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवा उप-प्रबन्धक यादवले हिपमत डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!