हिपमत डटकम

शुक्रबार, कार्तिक ०५, २०७८ || 385  पटक पढिएको

मोरङ व्यापार संघले आन्तरिक राजस्व कार्यालय, विराटनगरबाट सरुवा भएका प्रमुख करअधिकृत विमल सापकोटाको विदाइ गरेको छ ।

संघका अध्यक्ष प्रकाश मून्दडाको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष मून्दडाले सापकोटाको सरल एवं मिलनसार स्वभावले यस क्षेत्रका उद्योगी÷ व्यवसायीलाई त्रासरहित कर प्रशासनको अनुभूति गराएको र करसम्बन्धी कार्य सहज, सरल एवं पारदर्शी तवरले सम्पन्न गर्न विशेष मद्दत पुगेको बताए । उनको कार्यशैलीको प्रशंसा गर्दै आगामी दिनका उनका कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा संघका उद्योग उपाध्यक्ष अनुपम राठी, वाणिज्य उपाध्यक्ष विकास बेगवानी, महासचिव अनिलकुमार साह, सचिव अनिलकुमार सारडालगायतले करप्रमुख सापकोटासमक्ष आ–आफ्नो मन्तव्य राखे ।

उनको मार्गदर्शन सिद्धान्तले उद्योगी÷व्यवसायीलाई लेखा प्रणाली अझ व्यवस्थित राख्न प्रेरित गरेको, औद्योगिक÷व्यावसायिक गतविधिहरुलाई करमैत्री र सन्तुलित राख्न मद्दत पुगेको, आत्मीयता र भावनात्मक व्यवहारले करमैत्री मानसिकताको विकास भएको तथा उनको २ वर्षे कार्यकाल पूर्णरुपले सफल भएको बताउँदै बधाइ ज्ञापन गरी उनको आगामी दिनका सफल कार्यकालका लागि शुभकामना दिए ।

सापकोटाले विराटनगर जस्तो ऐतिहासिक औद्योगिक÷व्यावसायिक थलोमा कर प्रमुख भई आफ्नो कार्यभार सम्हाल्न पाएकोमा खुशी व्यक्त गर्दै उद्योगी÷व्यवसायीहरुको साथ र सहयोगबाटै आफ्नो कार्यकाल सफल हुन पुगेको बताएका थिए । करप्रमुख सापकोटाले संघको सहयोगमा आफूले निजी क्षेत्रसँग निरन्तर रुपले समन्वय गर्दै आएकोमा आफ्ना कार्यहरु सम्पादन गर्न अत्यन्त सहज भएको बताउँदै संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा समेत त्यसैप्रकारले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!