सिरहा । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाले जीवन बीमा गराएका स्व. जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ मुत्यु दाबी भुक्तानी गरेको छ ।

लहान नगरपालिका वडा नं.६ निवासी बिमित स्व.जलेन्द्र कुमार चौधरीको परिवारलाई रु ४३ लाख २१ हजार ८ सय २० रुपैयाँ हस्तान्तरण गरेको छ । उक्त मृत्यु दाबी रकम नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लहान शाखाका प्रमुख पूर्ण कुमार कर्र्णले मृतकको श्रीमती छाया कुमारी चौधरीलाई चेक हस्तान्तरण प्रदान गरे ।

सो बिमा वापतको रकम परिवारले बुझेपछि मृतककी श्रीमति छाया कुमारी चौधरीले भने आफूहरुले बिमा वापतको रकम पाएको बताएकी छिन । श्रीमति छाया कुमारी चौधरीले भने श्रीमानको मृत्युले दुखित भएता पनि परिवारका लागी सो बिमा रकमले सहयोग पुगेको बताए ।

श्रीमानको मृत्यु भएपछि अब के गर्ने होला ? भन्ने पिर आफूलाई लागेको बताए । तर श्रीमानले बेलैमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बिमा गरेका कारण सो रकमले आफुहरुलाई परिवारमा आर्थिक रुपमा केही सहयोग पुग्ने विश्वास व्यक्त गरे । बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको छाया कुमारी चौधरीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!