रबिन्द्र बराल

मंगलबार, कार्तिक ०२, २०७८ || 911  पटक पढिएको

रंगेली। धनपालथान गाउँपालिका -३ स्थित बेताैना बुबा झस्का ऋिषिदेव र डाेमनी ऋिषिदेव काेख बाट २०४० साल मा जन्मेका नवीन ऋिषिदेव ले जन्मदिने आमा काे काखकाे न्यानो माया पाएनन् । जन्मने बितिकै आमा काे मृत्युु पछि टुहुराे भएको र उनकाे बुबाले पुनः अर्को बिवहा गरेपछि उनकाे स्याहारसुसारमा बुवा र आमाले दिदै आईरहेका छन् ।

आर्थिक अभावकै कारणले गर्दे साेही गाउँमा रहेकाे शिव शक्ति माध्यमिक विद्यालय ७ कक्षा पढेर उनले उच्च शिक्षा हासिल गर्न नसकेको नवीनले हिपमत डटकमलाई बताए । उनको सानै उमेर देखि गायक बन्ने सपना रहेको र आफू गित गाउनका लागि उत्साहित समेत भएको र अहिलेसम्म मैथिली भाषमा ९० वटाभन्दा बढी गीतमा उनले आवाज दिसकेका छन्।

जनचेतनामूलक ऋिषिदेव समुदाय र दुर्वेसनी तथा कोरोनाको बारेमा समेत गीत र स्थानीय पहिचान झल्कने गीत तथा आफ्नो जातिय पहिचान झल्कने दिना भद्री आफ्नो कुलदेवता र दिनाभद्रि चालीसा समेत उसैले गाएका छन् ।

उनले नेपालको निखिल उप्रेती र गायक यस कुमार संग राम्रो स्वर भएकै कारण सम्मान समेत पाएको र उहाँ हरुले आफुलाई गित गाउनका लागि हाैसला समेत बढाएकाे उनलेे हिपमत डटकमलाई बताए ।

नविन भन्छन् आफु मुसर समुदायको भएकै कारण कसैले सहयोग नगरेको र बिभिन्न टीका टिप्पणी गर्ने गरेको र मुसहर भएकै कारण आफू अन्य समुदायका कलाकारहरु बाट अपहेहित हुदै गरेको उनले कुराकानीको क्रममा आफ्नो दुख पोखे ।

सामान्य आर्थिक अवस्था भएको नविनले गीत गाउन र एल्बाला निकाल्नाकोलागी अहिले सम्म आफुले कमाएको र अन्य ऋण लिएर भएपनि ७ लाख भन्दा बढी खर्च गरिसकेको उनले हिपमत्लाई बताए। हामि गीत बजारमा ल्याउछौ तर अहिले एल्बम बेचेर लगानी उठाउने अवस्था छैन। मेला मोहोत्सबमा गीत गाउदा पनि भने जस्तो र आगुले मिहनेत गरे जस्तो पारिश्रमिक नदिने गरेको उनले बताए। मेरो अन्तिम सास रहुन्जेलसम्म मा गीत गाउछु अब गीत नै मेरो सतही हो मलाइ जस्तो जुसकै दुख परे पनि गीत गाउन छोड्दिन।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!