रबिन्द्र बराल

सोमबार, आश्विन २५, २०७८ || 1891  पटक पढिएको

रंगेली। माेरङकाे धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा रहेको सिटिजन बैंकको शाखामा लुटपाटको प्रयास भएको छ । साेमबार दिउँसो गोली लागि घाइते भएका सुरक्षा गार्ड शितल कुमालले लुटेराहरुको पेस्तोल खोस्दा आफुमाथि गोली प्रहार भएको उनलेे बताएका छन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार समेत भईरहेकाे प्रहरीले हिपमत डटकमलाई जनाएको छ ।

पेस्तोल निकालेका कारण बैंकमा होहल्ला भएको र एक जना लुटेराको पेस्तोल खोसेपछि अर्का एक लुटेराले आफुमाथि गोली प्रहार गरेको स्थानीयले हिपमत डटकमलाई बताए ।

कुमालले लुटेराले प्रहार गरेको गोली कुममा लागेर आफु बेहोस भएको र होस खुल्दा अस्पतालको बेडमा रहेको बताए । कुमालका अनुसार ८ जनाको समुहमा आएका लुटेरा समुह मध्येका दुई जनाले बैंक भित्र प्रवेश गरेर पेस्तोल निकालेका थिए ।

लुटेराको गोली लागरे घाइते बनेका कुमाल अहिले खतरा मुक्त रहेको उपचारमा संलग्न चिकिच्त्सकहरुले बताएका छन् । उच्च स्राेत का अनुसार बैङ्कमा २ वटा माेटरसाईकलमा ५ जना मानिसहरुले लुटपाट गर्ने क्रममा रंगेली नपा २ बस्ने वर्ष ४० को सितल कुमाललाई गोली प्रहार गरेको र लुटपाट गरी भारत तर्फ भाग्ने क्रममा खयरवना प्रहरी चाैकीमा लुटेरा हरुलाई नियन्त्रणमा लिएको थियोे । उनी हरुले प्रयोग गरेकाे कटुवा पेस्ताेल समेत प्रहरी ले बरामद गरेको छ ।

प्रहरीले विराटनगर महानगर ८ बस्ने वर्ष ३२ युवक र भारत अररिया गोराहा ४ बस्ने वर्ष ३० र भारत सेखपुरा ५ बस्ने वर्ष २८ का युवा लाई पक्राउ गरेको छ । लुटेरा हरु ले दुईराउण्ड गाेली चलाएकाे र एक जना काे तिघ्रामा समेत गाेली लागेकाे छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!