जन्मदिनमा पार्टी होईन बिरुवा रोपी वन तथा बातावरणलाई संरक्षण गरौं
विराटनगर । मोरंगको जहदा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार ठाकुरले आफ्नो जन्म दिनको अवसरमा बिरुवा रोपेर मनाएका छन ।
उनी सोमबार जहदा गाउँपालिका वडा नम्बर ३ का वडा कार्यलयको प्राङ्गनमा १० वटा बिरुवा रोपेको हो ।
२०७८ साउन १६ गते सेभ द ट्री नामक संस्थाले जहदामै गरेको वृहत बिरुवा बितरण उद्घाटन कार्यक्रममा बोल्दै उने आफ्नो जन्म दिनको अवसरमा १० वटा बिरुवा रोप्ने प्रतिबद्धता जनाएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले भने हरियो वन नेपालको धन भन्ने कुरा नारामा मात्र सिमित भई रहेको बेला वन तथा बातावरण संरक्षणका लागि अब हामी सबैको जिमेवारी रहेको बताए । अरु दिन नभए पनि हामी जन्मदिनमा पार्टी नगरी बिरुवा रोपी वन तथा बातावरणलाई संरक्षण गर्नु पने बताए ।
बिरुवा रोप्ने कार्यक्रममा जहदा वडा नम्बर तिनका कार्यलयका सम्पुर्ण कर्मचारी, स्थानीय वासी, युवा , ईलका प्रहरी कार्यलय मझारेका असय डिल्ली बहादुर भुजेल सहितको उपस्तिथी रहेको थियो ।