हिपमत डटकम

मंगलबार, आश्विन १२, २०७८ || 720  पटक पढिएको

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रदेश २ को पर्यटन प्रवद्र्धनका लागी एकीकृत योजना निर्माणमा जोड दिएका छन् । उनले प्रदेश नं.२ मा खुद्रा विकासले पर्यटन प्रवद्र्धन सम्भव नरहेको भन्दै एकीकृत योजनामा जोड दिएका हुन् ।

मंगलवार होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ ले आयोजना गरेको पर्यटन प्रवद्र्धन सम्बन्धि छलफल कार्यक्रममा अध्यक्ष यादवले धार्मिक पर्यटनको पर्याप्त सम्भावना बोकेको प्रदेश २ मा खुद्रा विकासले पर्यटन प्रवद्र्धन सम्भव नरहेको बताए ।

उनले धार्मिक तथा एतिहासिक पर्यटक भित्र्याउन सक्ने सम्भावना बोकेका प्रदेश भरिकै धार्मिक तथा एतिहासिक स्थलहरुलाई समेटेर एकीकृत योजना बनाउन प्रदेश सरकार संग आग्रह गरे । अध्यक्ष यादवले विश्वभरि धार्मिक तथा एतिहासिक पर्यटकहरुले ठुुलो हिस्सा ओगेटेको बताए ।

कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले पर्यटन प्रवद्र्धनको लागी प्रदेशका मुख्य धार्मिक तथा एतिहासिक स्थलहरुमा विकास निर्माणको काम शुरु गरि सकेको र अगामी दिनमा एकीकृत योजना नै बनाएर अघि बढने बताए । उनले प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरेको पर्यटन प्रवद्र्धन लागी हरेक पक्ष संग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा अर्थमन्त्री शैलेन्द्र साह पर्यटकीय विकासमा अर्थको आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख सचिव हरि प्रसाद मैनाली, अर्थ मन्त्रालयका सचिव, उद्योग, वन तथा पर्यटन मन्त्रालयका सचिव, मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव जीतेन्द्रकुमार यादव, होटेल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का बरिष्ठ सल्लाहकार युवराज लामा, विजय कुमार झुनझुनवाला, अध्यक्ष हिरा गौतम, उपाध्यक्ष विष्णु साह, महासचिव मोहन शर्मा, कोषाध्यक्ष वैकुण्ठ सापकोटा सहितको उपस्थिति रहेको थियो ।

(स्रोतःमुख्यमन्त्री सञ्चार सचिवालय, प्रदेश नं २)

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!