मोरङ सुनवर्षी नगरपालिका वडा नं. ३ अमरदह बजार नजिकै मा रहेको नर्बु चौक मा स्थापना भएको अरुण सिंह ले सन्चालन गर्दे गरेको बोलबम चिउरा मिलमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।
गएराती ११ बजे देखि सुरु भएको र चिउरा मिलमा काम गरी रहेको अवस्थामा अचानक विधुत सर्ट भई आगलागी हुदा आगलागीबाट २ वटा कोठा पुर्ण रुपमा जली क्षति भएको र मिल भित्र रहेको २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा गरी ७० लाख रुपैयाँ बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
आगाे नियन्त्रणका लागि नेपाल प्रहरी ,ससस्त्र प्रहरी, स्थानीय , रंगेली, बेलबारी, सुन्द्रहरैचा, उर्लाबारी, र कानेपोखरी सहित ५ वटा बारुण यन्त्र काे सहयोगमा राति २ बजे आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय रंगेलीका सहायक प्रहरी निरिक्षक देव पुकार यादवले बताए ।