रबिन्द्र बराल

शुक्रबार, आश्विन ०१, २०७८ || 600  पटक पढिएको

निजि तथा आवासिय विद्यालय अर्गनाइजेसन रंगेलीमा दोश्रो नगर अधिवेशन सम्पन्न रंगेली ७ मा रहेको मेलिना गेष्ट हउसमा सर्वसम्मत बाट समिति चयन गरिएको छ । प्याब्सन कार्यसमिति रंगेलीकाे अध्यक्षमा सूर्य प्रसाद गौतम सर्वसम्मत बाट निर्वाचित भएका छन् ।

अध्यक्ष बाहेक अन्य पदमा समेत सर्वसम्मत रूपमा रंगेली प्याब्सनमा नयाँ नेतृत्व चयन भएको छ । समितिको सचिवमा गोपाल भट्टराई, कोषाध्यक्ष निराजन दाहाल , सदस्य हरुमा प्रमाेद कुमार मण्डल, लक्षमण भगत,षडनन्द दाहाल, राज कुमार राजवंशी गरि सात समिति चयन गरिएको छ ।

प्याब्सन नगर समिति रंगेलीका १३ विद्यालयहरू आवद्ध रहेको छन । सुनवर्सि नगरपालिका भित्र ६ बटा बिधालय रहेकाे र बिधार्थी संख्या अपुग भएका कारणले गर्दा दाेस्राे अधिबेशन बाट सुन्बर्शीमा फाेकल प्रसनलका रुपमा जितेन्द्र कुमार दासलाई समेत गरिएकाे निर्वाचन अधिकृत भक्तराज सुब्बाले बताए ।

नयाँ कार्य समितिका निर्वाचित अध्यक्ष तथा सदस्यहरुलाई निर्वाचन अधिकृत भक्तराज सुब्बाले सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र समेत बितरण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथ रंगले नगरपालिकाका शिक्षा अधिकृत रवीन्द्र पण्डित, अतिथि मा सुनिल पाैडेल, बिकर्ण कार्की , जीवन खनाल, माेती ढकाल लगायतकाे समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!