गोरखा । नेकपा ९एमाले० का सचिव एवं गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले माधव नेपालको नेतृत्वमा अर्को दल दर्ता भएपनि एमालेले ठूलो नोक्सान ब्यहोर्नु नपरेको बताएका छन् ।

सोमबार एमाले गोरखाले गरेको ‘वृहत कार्यकर्ता भेला तथा अभिमुखीकरण’ कार्यक्रममा नेता गुरुङले यस्तो बताएका हुन् ।

‘माधव नेपालले एमालेको महासागरबाट दुई लोटा पानी निकालेर गएका हुन् । हाम्रो पार्टीमा अहिले धमाधम प्रवेश क्रम चरिराखेको छ । गाडीको गाडी, नदीको पानी महासागरमा आएर मिसिएका छन्, मिसाईरहेका छौँ । महासागरबाट केही लोटा पानि झिकेर लग्दैमा महासागर सुकाएँ भन्ने भ्रम पाल्नुु मुुर्खता हो । यो भ्रम माधवसँग छ, केही मान्छे बटुलेर लग्दैमा मैले केपी ओलीलाई खत्तम पारेँ भन्ने सोचेका होलान् त्यो गलत हो’, उनले भने ।

माधव नेपालको दोहोरो चरित्रका कारण एमाले विभाजन भएको उनको आरोप छ । माधव नेतृत्वको नेकपा ९एस० लाई खहरे खोलाको संज्ञा दिँदै उनले खहरेको भेल दुईचार दिनमा सुक्ने तर्क गरेका छन् ।

उनले भने, ‘एकीकृत समाजवादी खहरे खोला हो भने एमाले नदी हो । माधब नेपाल नदीबाट खोलातिर लाग्नुभो, यो उल्टो बुद्धि हो । नदी बगिरहन्छ, खोला दुईचार दिनमा सुक्छ, त्यहाँ कमिला हिड्न थाल्छ ।’

गण्डकी प्रदेश भित्र एमालेका नौ सय ४२ जिल्ला सदस्य मध्ये ५० जना मात्रै अर्थात् पाँच प्रतिशत मात्रै एकीकृत समाजवादीमा गएको उनले बताए ।

पुँजीपातीको रुपमा नेपाली कांग्रेस र वामपन्थीका रुपमा नेकपा एमाले नेपाली राजनीतिकको मुल धारमा आएको उनको भनाई छ । विश्वमा कम्युनिष्ट पार्टी कमजोर हुँदै गइरहेको बेला नेपालमा भने कम्युनिष्ट पार्टीको लोकप्रियता बढ्दै गएको उनले बताए ।

‘शेरबहादुरलाई प्रधानमन्त्रीस बनाउने प्रचण्ड र माधवको बाटो समाजवादी बाटो कि पुँजीवादको बाटो हो रु प्रतिक्रियावादी या सामाज्यवादी या कि समाजवादी रु यस कारणले अहिले पनि कांग्रेसको दलाली गर्ने नेताहरु छन् ने उनीहरु मुलुकमा कम्युनिष्ट भनेर बसिरहनु पर्दैन’, उनले भने ।

गुरुङले माधव नेपाललाई एमाले भित्रको ‘पिलो’ को संज्ञा दिए । ‘अब त हाम्रो पार्टी यति सफा भयो, पिलो आफैँ हट्यो, हामीले निचोरेर फाल्नु परेन’, उनले ब्याङ्ग्य गरे । मुलुकमा एमालेको बिकल्प कांग्रेस नभएको बताउँदै उनले एमालेले काम गर्न नसक्दा त्यसको फाईदा भने कांग्रेसले लिन सक्ने बताए ।

‘नितीगत हिसाबले कांग्रेसलाई पराजित गर्ने पार्टी एमाले मात्रे हो, कांग्रेसलाई पराजित गर्न सक्ने शक्ति र क्षमता भएको पार्टी नीतिगत हिसाबले सिद्धान्त, संगठनको हिसाबले नेतृत्वको हिसाबले कांग्रेसलाई पराजित गर्ने पार्टी नेकपा एमाले मात्र छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!