हिपमत डटकम

सोमबार, भाद्र २८, २०७८ || 669  पटक पढिएको

रेकर्डिङको हिसाबले नेपाली आधुनिक गीतकी प्रथम गायिका हुन मेलवादेवी गुरुङ । उनले बि.सं. १९८४ सालमा भारतको कोलकाताको ‘हिज मास्टर भ्वाइस कम्पनी’मा पहिलो नेपाली आधुनिक गीत ‘सवारी मेरो रेलैमा…’ बोलका गीत रेकर्ड गरार्एकी थिईन् ।

मेलवादेवी आफैंले लेखेको यो गीतमा उनकै संगीत थियो । प्रथम नेपाली गायिका मेलवादेवीले रेकर्ड गराएको यो गीत यतीबेला पुन रेकर्ड भएको छ ।

यो गीतलाई यसपटक सविन सुवेदी र बेनिशा पौडेलले गाएका छन् । काठमाडौंको अनामनगरमा रहेको म्युजिक किचेनले यो गीत पुन रेकर्ड गराएको हो ।
यो गीत सुन्नको लागि आफु खोज्दा सहज रुपमा नपाएपछि नेपालको पहिलो यो गीत सबैले सहजै रुपमा सुन्न पाउन भनेर पुरानै भावमा आफुले रेकर्ड गराएका यसका पुन एरेन्जर राजेन्द्र बजगाईंले बताएका छन् ।

गीतमा पुन संगीत संयोजन राजेन्द्रले गरेका हुन् । गीतलाई मनोज परियारले मिक्सिङ गरेका छन् ।

मेलवादेबी प्रति समर्पण गरिएको यो गीतको भिडियो बनाएर राजेन्द्र बजगाईंकै अफिसियल च्यानलबाट रिलिज गरिएको छ । भिडियोलाई केशब राज भट्टले तयार गरेका हुन् ।

जसमा गोविन्द अन्जानको छायाँकन र राजेश कुमारको सम्पादन छ । यो गीतलाई गायक सविन र गायिका बेनिशाले न्याय गरेको छन् । गीत पुरानै स्वादमा तयार भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!