हिपमत डटकम

आइतबार, भाद्र २७, २०७८ || 594  पटक पढिएको

पोखरा महानगर सभापतिमा गंगाधर पराजुलीले शुक्रबार उमेद्वारी दर्ता सँगै पत्रकार सम्मेलन गर्नुभएको छ।

पत्रकार सम्मेलनमा बोल्दै पराजुलीले लोकतन्त्र, प्रजातन्त्र र समाजवादलाई पछ्याउँदै अगाडि बढेको बताउनुभयो।

पोखरा महानगरमा नेतृत्वको कमजोरीका कारण तल्लो तहले राम्रो सँग प्रशिक्षण र मार्गनिर्देशन नपाउँदा कांग्रेस कमजोर बन्न पुगेकोले त्यसलाई सुधार गर्नको लागि आफूले उमेद्वारी दिएको बताउनुभयो।

उपस्थित पत्रकारहरुले पत्रकारिता क्षेत्रमा लागेको व्यक्ति किन राजनीतिमा भन्ने जिज्ञाशामा उहाँले आफू विद्यार्थीकालदेखि नै राजनीति क्षेत्रमा लागेको जानकारी गराउनुभएको थियो भने पछिल्लो समयमा कांग्रेसको तहमा रही काम गरेको अनुभव सुनाउनुभएको थियो। “म विद्यार्थी कालबाट नै नेविसंघको राजनीति गरे, पछिल्लो समय कांग्रेसकै विभिन्न तहमा काम गरे भने विभिन्न कालखण्डमा राजनीति कै कारणले जेलपनि भोगे, ट्रेड युनियन मातहतको प्रेस युनियनको नेतृत्व तहमा रहेर समेत काम गरिसकेको छु, मलाई पत्रकारिता मात्रै नभएर राजनीतिक क्षेत्रमा समेत विशेष योगदान पु¥याएको छु। अब मेरो पत्रकारिता क्षेत्रको विट मार्दै क्रियशिलरुपमा राजनीतिमा सक्रिय भएर काम गर्छु,” उहाँले भन्नुभयो।

 

“म १२ औं अधिवेशनमा जिल्ला सचिवको उमेदवार थिए, सबैले सहयोग गर्दा पनि पराजित बन्न पुगे, अहिले म जिल्लामा नेतृत्व भूमिकामा देखिनुपर्ने थियो तर पोखरा महानगरमा देखिएका विकृति, विसंगति र वेथितिलाई सुधार गर्नको महानगर सभापतिमा उमेद्वार दिएको हु,” उहाँले भन्नुभयो “लामो समय पत्रकारिता गर्दा धेरैजनालाई पत्रकारिता सिकाएको म सँग अनुभव छ, अब म कांग्रेसमा आवद्ध क्रियशिल सदस्यदेखि नेतृत्व गर्ने युवाहरुलाई प्रशिक्षण गराउछु। नेपाली कांग्रेस प्रमुख प्रतिपक्ष हुँदा समेत महानगरमा भएका अनियमितता, भ्रष्टचारका विषयमा खुलेर बोल्न सकेका छैनन्, त्यस्ता विषयमा खुलेर वकालत गर्छु,” भन्नुभयो।

 

सभापतिका उम्मेदवार पराजुलीले कांग्रेसलाई बलियो र मजवुद बनाउनको लागि भातृसंगठन गठन गरि चलायमान बनाउने, महानगरवासीको अभिलेख राख्ने सफ्टवयरको विकास गर्ने, तल्लो निकाय एवम् वडा ईकाइ र सभापतिहरुलाई प्रशिक्षण गर्ने, समय समयमा छलफल गरी विद्यान बमोजिम काम सबैभन्दा पहिलो प्राथमिकतामा रहेको उहाँको विचार थियो।

 

नेपाली कांग्रेसको गुमेको साख फिर्ता ल्याउने, अन्याय अत्याचारसँग लड्न सक्ने कांग्रेस बनाउने सोंचका साथ अगाडि बढेको पराजुलीले पत्रकार सम्मेलनमा बताउनुभएको थियो।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!