हिपमत डटकम

आइतबार, भाद्र २७, २०७८ || 501  पटक पढिएको

काठमाडौं । क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्नेहरुलाई काठमाडौंमा एक समारोहबीच मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । २०७८ सालको दशैं छेका पारेर यो अवार्ड आयोजना गर्न लागिएको हो ।

चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहाल, पूर्व प्रधान सेनापति राजेन्द्र क्षेत्री, चलचित्र निर्माता निर्देशक नरेश पौड्याल, गायक शिब परियार सहित विभिन्न अतिथिहरुले काठमाडौंमा एक समारोहबीच क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरेका हुन् ।

चलचित्र, गीत, संगीत, म्युजिक भिडियोको विभिन्न विधामा यो अवार्ड प्रदान गरिने भएको छ । यो अवाडको अहिले गीत संगीत अन्तर्गत लोक, आधुनिक, पप अधुनिक, लोक दोहोरी, पर्व गीत, भेग विशेष गीत, राष्ट्रिय भावका गीतबाट गायक गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, ध्वानी मिश्रण जस्ता विधामा मनोनयनमा परेकाहरुलाई प्रमाणपत्र प्रदान गरिउको छ ।

यस्तै म्युजिक भिडियो अन्तर्गत निर्देशक, मोडल महिला÷पुरुष, छायाँकार, सम्पादक जस्ता विधामा अवार्ड प्रदान गरिँदै छ । यिनै विधाको मनोनयन सुची क्वालिटी फिल्मले तीन दिन अघि बुधबार सार्वजनिक गरेको थियो ।

यसैगरी चलचित्र विधामा पनि क्वालिटी इन्टरटेनमेन्ट अवार्डको लागि २०७५ र २०७६ सालका फिल्महरुको मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ । जसमा निर्देशक, नायक, नायिका, नवनायक, सहनायक, खलनायक, चरित्र अभिनेता, हास्य अभिनेता, छायाँकार, सम्पादक, रँग सँयोजक, संगीतकार, भिएफएक्स आर्टिस्ट, प्रोडक्सन म्यानेजर जस्ता विधामा मनोनयनमा परेकाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।

दोश्रो लहरको कोरोनाका कारण सुस्ताएको नेपाली चलचित्र तथा गीत संगीतको बजारलाई चलायमान बनाउन आफुहरुले यो अवार्ड आयोजना गरेको क्वालिटी फिल्म्स्का अध्यक्ष तथा म्युजिक भिडियो निर्देशक उमेश गुरुङले कार्यक्रममा बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!