
विराटनगर । विवेकशील साझा पार्टी मोरंगले एम सी सी को विरोधमा शान्तिपूर्ण प्रदर्शन गरेको छ । शुक्रवार विराटनगरको ट्राफिक चौकमा सो प्रदर्श गरिएको हो ।

विवेकशील साझा पार्टीका मोरङ संयोजक अमलेश कर्णले एम सी सी सोझा साझा आम जनतालाई उल्लु बनाउने कार्य भएकोले यसको घोर भर्तसना गर्दै शान्तिपूर्ण विरोध प्रदर्शन गरेको बताए ।
उनले एम सी सी के हो ? यसका बुदाहरु के के हुन् ? भनेर खुल्ला रुपमा सार्वजनिक गर्नु पर्ने हाम्रो माँग रहेको बताए । कर्णले विवादित एम सी सी को सत्य तथ्य बुझ्नु पर्ने हरेक नेपालीको अधिकार भएकोले यस भित्रको हरेक कुरा सार्वजनिक गर्ने पर्ने बताए ।
विरोध प्रदर्शन गर्दै महानगर कमिटि सदस्य मोहन थापाले भने “व्यबस्थापिका बाट बिधेयक बनाए बिधेयक बाट एन बनाए एन बाट नियमावली बनाएर जब त्यो एउटा सर्वोच्चको कानुन भन्दा माथी पुग्छ भने त्यो सन्दर्भमा हामीलाई असराहनीय र अपच भएको हो । त्यसैले एम सी सीका हरेक बुदाहरु सार्वजनिक गर्नु पर्ने हाम्रो माँग रहेको छ ।”