हिपमत डटकम

शुक्रबार, भाद्र २५, २०७८ || 640  पटक पढिएको

गोबिन्द गौतमको निर्देशनमा बन्ने चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ मुहर्त गरिएको छ।

मकवानपुर जिल्लाको चैनपुर राक्सिराङ भनें ठाउँमा चलचित्रको एक समारोह बीच मुहर्त गरिएको हो।

चलचित्रको कथा पनि निर्देशकले नै लेखेका हुन्। चेपाङ्ग समुदायको कथामा बन्न लागेको चलचित्रको दशैं तिहार पछि बाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास काफ्लेले बताए।

सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो। प्रशान्त तामाङ,सुनील थापा,सम्पदा बानियाँ चलचित्रका लागी अनुबन्धित भई सकेका छन् भने अन्य कलाकारहरु छनोटको क्रममा रहेका छन्।

राम शरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुन्। चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहनेछ।

चलचित्रमा समाबेश हुने गीत छनोट कार्य पनि हुँदै रहेको काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!