हिपमत डटकम

मंगलबार, भाद्र २२, २०७८ || 662  पटक पढिएको

सुनन चम्पा, पिरेम नलाउने, पहिलो नम्बरमा, पर्ख पर्ख मायाँलुसहित कैयौं हिट गीत नेपाली संगीत क्षेत्रका दिएका संगीतकार दीपक शर्माले अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएका छन् ।

म्याग्दीबाट उच्च शिक्षाका लागि काठमाडौं आएर निकै सँघर्ष गरेपछि उनी संगीतकार भएका थिए ।त्यही सँघर्षलाई सम्झेर बिगत झैं यसपटक पनि जन्मदिन अनाथ आश्रममा मनाएको उनले बताए ।
जन्मदिनको अबसरमा सँगीतकार दीपक शर्मा आज बिहान काठमाडौंको मुलपानीमा कलाकार सुलेमान शँकर (इकु)ले सञ्चालन गरेको स्नेह आश्रममा पुगेका थिए ।

आश्रममा रहेका तीनै १४ जना बालकालिकासँग उनले खाना खाएर आफ्नो जन्म दिन मनाए । सोही क्रममा त्यहाँका बालबालिकहरुको लागि उनले आर्थिक सहयोग सहित विभिन्न पाठ्य सामग्री तथा स्टेशनरी सामग्रीहरु पनि प्रदान गरे । अनि ती बालबालिकाहरुलाई आफ्ना थुप्रै गीत सुनाएर उनले मनोरञ्जन दिए ।

उनीसँग त्यहाँ आश्रित १४ जना बालबालिका पनि खुसीले नाचेका थिए ।आफुले जन्म दिन गर्ने फजुल खर्चले उनले त्यहाँका बालबालिकालाई विभिन्न सामग्री किनिदिएका छन् ।

केक काट्दै जन्म दिन मनाउनु भन्दा अनाथ बालबालिकाहरुलाई केही सहयोग गर्दै जन्म दिन मनाउँदा खुसी लागेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!