
विराटनगर । नेपाली काँग्रेस मोरङ क्षेत्र नं.२ (ख) को सभापतिमा देवेन्द्र वस्नेतले आफ्नो उम्मेदवरी घोषणा गरेका छन् । विपीको सिद्धान्त अनुसार पार्टीलाई चलयमान बनाउन उनले आफ्नो उम्मेदवारी घोषणा गरेको हो । बस्नेत प्यानल वा गुटउपगुटमा नलागि सिंगो पार्टीको साझा उम्मेदवारको रुपमा आफु सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

काँग्रेसको चुनावी गरमाहट बढे संगै विपीको सिद्धान्त, युवाको नेतृत्वदायी भूमिका, संगठन मजबुती जस्ता कुराहरु जोडतोडका साथ उठ्न थालेको छ । त्यस्तै हरेक उम्मेदवारले पार्टी भित्रका विकृति हटाउने दावी समेत गरि रहेका छन्।
हिपमतकर्मी विरेन्द्र कुमार साह संगको कुराकानीमा वस्नेते भने “विपीको सिद्धान्त, पार्टीको विचारधारा र युवाहरुको भावनालाई कदर गदै पार्टीको गतिविधीलाई अगाडी बढाउन मेरो उम्मेदवारी हुनेछ ।” उनले युवा साथीहरुकै आग्रह अनुसार सभापतिमा उममेदवारी दिने घोषणा गरेको बताए ।
साह संगको कुराकानीमा वस्नेतले “पार्टीलाई सैद्धान्तिक रुपले मजबुतिका साथ चलयमान बनाउन युवाहरुले मलाई नै सभापतिमा जित्नुपर्ने विशेष आग्रह गरेको” बताए । क्षेत्रीय सभापतिकोलागि क्षेत्रीय प्रतिनिधि जित्नुपर्ने प्रवाधान रहेकोले वस्नेतलाई सुनवर्षी नपा वाडा नं. १ बाट प्रतिनिधिमा निर्विरोध निर्वाचित गराउन क्रियाशील सदस्यहरु एकमत रहेको उनले बताए ।
२०४६ साल देखि पार्टीमा सकृय रहेका वस्नेत २०४७ सालमा विधिवत सदस्यता लिई राजनीतिमा सकृय भए । उनी २०४९ सालमा स्कुल इकाई सभापति, उप निर्वाचनमा साविक अमरदह गाविसको सचिव, क्षेत्रीय समिति सदस्य र १२ औं महाधिवेशनबाट जिल्ला सदस्यमा निर्वाचित भएका थिए । बस्नेत सामाजी क्षेत्रमा पनि उतिकै लोकप्रिय छन्।