हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 605  पटक पढिएको

नेपाली कांग्रेस प्रदेश–१ का जिल्ला सचिवहरूको भेलाले नेपाली कांग्रेसको नेतृत्वमा प्रदेश सरकार बनाउनुपर्नेमा जोड दिएको छ ।

धनकुटाको भेडेटारमा दुई दिने भेलाले १३ बुँदे भेडेटार घोषणापत्र जारी गर्दै केन्द्रको गठबन्धनलाई प्रदेशमा समेत निरन्तरता दिँदै १ नम्बर प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन कांग्रेसले अग्रसरता लिनुपर्नेमा जोड दिएको हो ।

भेलापछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस नेतृत्वमा निर्मित दलीय गठबन्धनले संघीय सरकारको नेतृत्व गर्दै गर्दाको अवस्थाले सिर्जना भएको राजनीतिक घटनाक्रमबाट प्रादेशिक सरकारसमेत गठबन्धनकै भावनाअनुरूप परिवर्तन हुने अवस्था निर्माण भएको सन्दर्भमा प्रदेश नम्बर १ को सरकार पनि नेपाली कांग्रेसकै नेतृत्वमा बनाउन शीर्ष नेतृत्वसमक्ष यो भेला अनुरोध गर्दछ ।’

पहाडी जिल्लाहरूमा राज्यको सुगम पहुँच र विकास गर्न भौगोलिक आधारलाई मध्यनजर गरी १ मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाहरूमा प्रतिनिधिसभा क्षेत्रको संख्या थप गरी वैज्ञानिक र व्यवहारिक बनाउन भेलाले माग गरेको छ । मुलुक कोभिड–१९ बाट ग्रसित भएकोले जनताको स्वास्थ्यप्रति संवेदनशील र जिम्मेवार भई तत्काल प्रत्येक नागरिकले खोप पाउने व्यवस्था गर्न सरकारसँग भेलाले माग गरेको छ ।

भेलाले प्रदेश–१ का विभिन्न पर्यटकीय क्षेत्रहरूको पूर्वाधार विकास, विस्तार र प्रवद्र्धनका लागि ३ वटै तहका सरकारसमक्ष माग गरेको छ । देशमा व्याप्त भ्रष्टाचार र अनियमिततालाई पूर्ण नियन्त्रण गर्न भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिई संलग्नलाई कडा कारबाही गरी सुशासन कायम गराउन माग गरिएको कोइरालाले बताए ।

भेलामा झापाका सचिव प्रेम सम्वाहाम्फे, मोरङका नागेश कोइराला, सुनसरीका केदार भण्डारी, सुजेन्द्र तामाङ, भोजपुरका कैलाशकुमार आले, धनकुटाका विजय सन्तोषी राई, तेह्रथुमका सन्तोष सुब्बा, संखुवासभाका डम्बर बस्नेत, निर्मला तामाङ, सुनसरीका सहसचिव नगेशचन्द्र राईलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!