हिपमत डटकम

मंगलबार, भाद्र १५, २०७८ || 829  पटक पढिएको

नियमित रुपमा गीत लेखनमा सक्रिय गीतकार एवं संचारकर्मी शान्तिप्रियले यस पटक पनि मौलीक तीज गीत फूलै फूल्यो तिउरी लिएर आएका छन् । विगत केही वर्ष देखी नियमित रुपमा तीज गीत लेखिरहेका शान्तिप्रियले तीजैको मुखमा आएर गीत रीलीज गरेका हुन् । सिसि नेपाल युट्युब च्यानल मार्फत गीत रीलीज गरीएको छ ।

शान्तिप्रियको शब्दमा चित्रकार तथा संगीतकार गायक ज्योती प्रकाशले संगीत गरेको यस गीतमा अहिलेका जल्दावल्दा एरेञ्जर तथा संगीतकार राजेन्द्र बजगाईले एरेञ्ज गरेका छन् । गीतलाई प्रसिद्ध मौलिक गायीका दुर्गा परियारले आवाज प्रदान गरेकी छिन् । गीतको मीक्सीङ भने मनोज परियारले गरेका छन् ।

फूलै फूल्यो तिउरी टिपी कानमा सिउरीए
स्वामी राजा मुस्कुराए लाजैले म निहुरीए
वरीलै तीजैको रहर
कोही गाउँछन् संगी कोही नाच्छन् संगी
वरिलै खुलेर गाउँ सहर …..

गीतमा अभिनेत्री एवं मोडल अनामीका चौलागाई र नव मोडल झरना परियार फिचरिङ छन् । गत वर्ष देखी एकै साथ ३ तीज गीत मोडलिङ गरेर तीजका गीतमा मोडलिङ गर्न थालेकी अनामीका एवं यसै गीतबाट डेब्यू गरेकी झरना परियारको केमेस्ट्री मिलेको छ । भिडियो छायांकन गोविन्द अञ्जानले गरेका छन् ।

भिडियोकोे कलर कलेक्शन मिलन गुरुङले गरेका हुन् भने नृत्य निर्देशन तथा संपादक राजिव बलामीले गरेका छन् । भिडियोको निर्दिष्ट भने शान्तीप्रियको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!