हिपमत डटकम

आइतबार, भाद्र १३, २०७८ || 792  पटक पढिएको

कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भदौ १८ बाटै नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया शुरू हुने बताएका छन् ।

सुनसरी रामधुनीमा संचालन भइरहेका विभिन्न आयोजनाको अवलोकन र शिलान्यासमा आएका कार्कीले विराटनगर विमानस्थलमा शनिबार पत्रकारहरूको जिज्ञासा शान्त पारेका थिए । उनले कांग्रेसको महाधिवेशन निश्चित समयमा नै पुरा हुने विश्वास दिलाए ।

कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका अनुसार गाउँ र नगरका वडा अधिवेशन भदौ १८ बाट आरम्भ हुँदैछ । कार्कीले भने, ‘अधिवेशन समयमा नै हुन्छ । अब निर्धारित समयतालिका बमोजिम नै कांग्रेस सभापतिको नामको घोषणा हुने छ ।’

कार्कीले सरकारले छिट्टै पुर्णता पाउने र गठबन्धनको सरकार भएको हुनाले गठबन्धनको संस्कृतिलाई विकसित गर्दै लैजानु पर्नेमा जोड दिए । उनले सबै पार्टीलाई समेटेर स्थिर सरकार दिएर दिगो विकासका निम्ति मुलुकलाई अग्रसर गराउने जिकिर गरे ।

उनले सरकारसँग समय पर्याप्त नरहेको भन्दै दिगो विकासका लागि दुई दिनपनि महत्वपूर्ण रहने बताए । सरकार संचालनको पर्याप्त समय नहोला तर दिगो विकासको दिसामा निर्देश गर्न देउवा सरकार सक्रिय रहेको बताए । कार्कीले देउवा सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धि अध्यादेश आवश्यकताको उपज भएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!