हिपमत डटकम

शनिबार, भाद्र १२, २०७८ || 667  पटक पढिएको

काठमाडौँ । गायक तथा संञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गित “झुम्केली बौजु” सार्बजनिक भएको छ ।

विगत लामो समयदेखि संचारक्षेत्रमा आवद्ध भण्डारीले यस अघि पनि थुप्रै गितहरु बजारमा ल्याएका छन् । प्रायः सुदुरपश्चिमको प्रतिनिधित्व गर्ने खाल गितहरु उनले बजारमा ल्याउने गरेका छन् । आफ्नो भेगलाई चिनाउने उद्देश्यले देउडा भाषाका गितहरु लाई प्राथमिकता दिएको उनी बताउछन् ।

आफ्नो भेषभुसा,कला,संस्कृतिलाई गितको माध्यमबाट दर्शक तथा स्रोताको माझमा पुर्याउन पाउदा सफलताको सिडि चढेको अनुभुत हुने भण्डारीको भनाई छ । गितसंगतीमा लाग्दा धेरै चुनौतीहरुको सामना गर्नुपरे पनि सुदुरका दर्शक तथा स्रोतको माया पाउदा निकै खुशी लाग्ने उनी बताउछन् ।

कोरोना कहरका बिच पनि आफ्नो पहिचान जोगाउनका निम्ती देउडा भाषाको गित “झुम्केली बौजु” बजारमा ल्याएको गायक भण्डारीको भनाई छ । यस गितलाई पहिले आफूले बजारमा ल्याएका गितहरु जस्तै माया गरिदिन पनि उनले आग्रह गरेका छन् ।

गितमा गायक भण्डारीसँगै चर्चित गायीका रेखा जोशीको स्वर सुन्न सकिन्छ । गितमा सुशिल बोहोराको शव्द एवं संगीत रहेको छ । भिडियोमा स्वंय भण्डारी र गायीका जोशी फिर्चड छन् भने भिडियो निर्देशन गौरव गिरीले गरेका हुन् । भिडियोलाई रेखा जोशी अफिसिएल युटुब च्यानलबाट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!