हिपमत डटकम

बिहिबार, भाद्र १०, २०७८ || 726  पटक पढिएको

विराटनगर । नाटकीय ढंगले प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्यले सपथ ग्रहण गरेका छन् । अहिले अन्य मन्त्री नियुक्ति नगरिने भएको छ ।

विराटनगरको होटल एसियाटिकमा आजै संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराइएको हो । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन भएको हो । आचार्यले संविधान अनुसार ३० दिनभित्र पुनः विश्वासको मत लिनुपर्नेछ । उनलाई विश्वासको मत लिन भने फलामको च्यूरा चपाउनु सरह हुने देखिन्छ ।

प्रदेश १ को मुख्यमन्त्रीबाट शेरधन राईले आजै प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा दिएलगत्तै आचार्यले सपथ ग्रहण गरेका हुन् ।
हाम्रोमत

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!