हिपमत डटकम

बिहिबार, भाद्र १०, २०७८ || 590  पटक पढिएको

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने संभावना बढेको छ । आज दिउँसो ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी गरेको बुझिएको छ ।

सोही बैठकले अर्का एमाले नेता भीम आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।

९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!