हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 874  पटक पढिएको

देहमा धोती, कुर्ता, गमछा
शीरैमा पाग-पगड़ी लाउँ
पराती, सोहर, जटाजटिन
झिझिया कि फगुवाँ गाउँ
मनैको सगरमाथामा सदा
रातो चन्द्र र सुर्य फरफराउँ
ए हजुर जहाँ नि म जाउँ
म मिथिलाको नेपाली हुँ,
मिथिलाकै नेपाली कहलाउँ !

स्वर मिठो जसरी कोइलीको
स्वाद रसिलो मेरो मैथिलीको
जन्मदेखि मरण सम्मको यो,
सार्थी बनेछ जीवन-शैलीको
नेपाली भाषा सङ्ग सङ्गै,
मैथिली नि लेख्न-पढ्न पाउँ !

सघंर्ष र श्रद्धामा बाँच्छु खाली
माटो नै हो मेरो जीवन-लाली
पसिनाले उब्जाएर अन्नबाली
फैलाउँ पूरै मेचीदेखि काली
मेरो देश बाँचे पुग्छ मलाई,
बरू म यहाँ नुनै-रोटी खाउँ !

बुद्ध, जनक, सीता, विद्यापति
सलहेस, दिनाभद्रीको म सन्तति
छाती क्षतविक्षत, रेटियोस् मति
मेट्न दिन्न पहिचान र सँस्कृति
मुस्कुराउँदै म माटोको मायामा,
रगत थोपा थोपा गरी बगाउँ !

■ विद्यानन्द वेदर्दी

● ठेगाना : अग्नीशाईर कृष्णासवरण गाउँपालिका – ४, सप्तरी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!