हिपमत डटकम

बुधबार, भाद्र ०९, २०७८ || 478  पटक पढिएको

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रूपमा नै सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समितिका सभापति जयपुरी घर्तीले कोरोना भाइरसविरुद्धको खोप लगाएर भौतिक रूपमा नै परीक्षा गर्न निर्देशन दिए ।

त्यस अवसरमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसितको समन्वयमा दशैँअगावै भौतिक रूपमा नै परीक्षा लिने तयारी भइरहेको जानकारी दिए ।

कक्षा १२ को परीक्षा दिने तयारीमा रहेका विद्यार्थीले प्रवेशपत्रका आधारमा हालै कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । परीक्षाको तयारीमा रहेका तीन लाख ७४ हजार विद्यार्थीले खोपको सुविधा पाएका हुन् । शेषकान्त पण्डितले आजको गोरखापत्र दैनिकमा खवर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!