हिपमत डटकम

मंगलबार, भाद्र ०८, २०७८ || 1050  पटक पढिएको

चर्चित गायिका रचना रिमालको “तिजको महिना छ” बोलको गितको भिडियो सार्वजनिक भएको छ। उक्त गितमा शब्द डि.पि खनालको रहेको छ भने संगीत नबिन कार्कीको छ गितमा स्वर भने रचना रिमालको रहेको छ।

भिडियोलाई एरेन्ज र मिक्सिंग बिसाल निरौलाले गरेका हुन् । डान्स बिटमा तयार भएको गीतको भिडियोमा कोरस डान्सरहरुका बिचमा अनिता बस्नेत, सबिना आचार्य, रक्षा बुढाथोकी र एलिना राना फिचर्ड छिन् ।

यी चारै जना मोडलले गीतको भिडियोमा मज्जैले कम्मर मर्काएकी छन् । तीजमा कोरोनाका कारण खुलमखुल्ला भिडभाडमा नाच्न नपाईएको अवस्था र साथीसंगीहरु संग रमाउन नपाईएको अवस्थालाई गीतमा उठान गरिएको छ ।
मिराज अर्यालको छायांकन तथा सम्पादन रहेको भिडियोलाई योगेन्द्र कर्कीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!