हिपमत डटकम

सोमबार, भाद्र ०७, २०७८ || 452  पटक पढिएको

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिका इन्चार्जहरू तोकेको छ ।

माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशनअनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।

 

त्यस्तै, बैठकले सबै केन्द्रीय सदस्यको जिम्मेवारी पनि तोकेको छ । केन्द्रीय कमिटीले स्थायी समितिलाई दिएको जिम्मेवारी र निर्देशनअनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभागको प्रमुख तोक्ने निर्णय भएको श्रेष्ठले बताए ।

केन्द्रीय समितिका सदस्य नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको उनले बताए । जिल्ला समन्वय समितिका संयोजक तोक्ने अधिकार भने सम्बन्धित प्रदेश समितिलाई दिइएको छ ।

प्रवक्ता श्रेष्ठले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर वडा, पालिका र प्रदेश सम्मेलन गर्ने सन्दर्भमा निर्वाचन नियमावली र निर्देशिका तयार पारेको र छिट्टै तल्लो तहका कमिटीहरूमा पठाउने उनले बताए ।

बैठकले क्रान्तिकारी धाराका सबै कम्युनिस्टको एकता र ध्रुवीकरणका निम्ति वार्ता तथा पहल गर्ने निर्णय गरेको स्थायी कमिटीका सदस्य गणेश साहले बताए । साहले सरकार विस्तारमा केही ढिलाइ भए पनि अब छिट्टै पूर्णता पाउने दाबी गरे । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!