हिपमत डटकम

शुक्रबार, भाद्र ०४, २०७८ || 820  पटक पढिएको
भवानीप्रसाद पोखरेल

धनकुटा, तेलियामा जन्म भै विराटनगरलाई कर्मथलो बनाउँदै आएका ज्येष्ठ नागरिक, ज्योतिषशास्त्री स्रष्टा उमानाथ घिमिरे ‘सागर’ ले नेपाली साहित्यको भण्डारमा केही पुस्तक पस्की सक्नुभएको छ । सागरका कविता, आधुनिक भागवत, तिमीहरूको विनास (अनुवाद) त्यसपछि सरिता (चम्पू करम्मकात्मक महाकाव्य) बजारमा आएको छ । जो आज मेरो हात परेको छ ।
उहाँ शिक्षण पेशाबाट सेवा निवृत्त भै कर्मकाण्ड तथा ज्योतिष सेवामा संलग्न रही समाज सेवा गरिरहनु भएको छ, धेरै वटा संस्थामा आवद्ध रही थुप्रै मानसम्मान ग्रहण गरी सक्नुभएका सकृय साहित्यकार हुनुहुन्छ ।

प्रकाशक छन्द वाटिका नेपाल, मूल्य रू.३५०।–, मुद्रक राधारत्न ओखलढुङ्गा छापाखाना, विराटनगर छ । कभरबाहेक १४६ पेज, पुस्तक महाकाव्यकै आकारमा देखिन्छ । यसमा मुद्रकको पनि मन्तव्य पढ्न पाइन्छ । भूमिका स्वयम् स्रष्टाले नै लेख्नुभएको छ जो सारगर्भित छ । प्रकाशकीयको तर्फबाट छन्द वाटिका नेपालका अध्यक्ष प्रखर वक्ता विद्वान हरि कट्टेलले दुई पेज लेख्दै राम्रो मूल्याङ्कन समेत गर्नुभएको छ । प्रथम सर्गदेखि पञ्चदश सर्गसम्म रहेको छ, सुरूमा मङ्गलाचरण यस्को दुई लाइन हेरौँ–
गरून प्रकृति रक्षा यो सर्वोच्च हिमालको
विश्वमा लालीमा छाओस् सर्वथा प्रात–कालको ।

त्यसपछि महाकाव्यको सुरू कथा प्रारम्भबाट अघि बढ्छ ‘दूरदर्शिता’, भावार्थ के होला चेतना चरी ? चतुर्थ सर्गमा गजल पढ्न पाइन्छ, मन्दव्रmान्ता छन्दमा अङ्ग्रेजी कविता त्यसको भावार्थ, तमोर नदी, महिला, पर्व र गर्वका कथाव्यथा, श्रृङ्गार र व्यभिचार, लघुकथा यथार्थ, प्रतिगमन परिणाम, गजल, मृत्यु, अन्धविश्वास, साम्राज्यवादी संस्कृति र हाम्रो दायित्व, वातावरण, कालको महिमा, गुर्घुम, शिक्षक, ब्रह्माण्ड, लोकतन्त्र, राष्ट्रिय, सांस्कृतिक गान, एकांकी, भावार्थ, अभिनन्दनपत्र, वर्तमान परिस्थिति, चण्डवृष्ट दण्डक, कविता, जबज मूल्याङ्कनको सवाल डाँफेको जवाफ, प्राचीन भगवतको श्लोक, भावार्थ, वेदको खेद, संस्मरण, नारी स्वतन्त्रता, पण्डितका इमान्दारी, प्रजातन्त्रको परिभाषा, वेश्या नर्कुटक हुन्छ, शिक्षक, रजस्वालाजस्ता उपशीर्षक राखी त्यसैको सेरोफेरोमा साहित्य सिर्जना भएको पाइन्छ ।

यसभित्र अङ्ग्रेजी कविता, हिन्दी कविता, संस्कृत कविता, नेपाली कविता आदि थुप्रै भाषामा रचना गरिएका काव्यको रसास्वादन गर्न पाइन्छ । यो प्रगतिशिल धारको महाकाव्यरहेको मैले ठहर गरेको छु । उपनाम ‘सागर’ राख्नुभएको हुँदा यो कृति सागर जतिकै गहिरो र लामो रहेको छ ।
निरन्तर बगिरहेको छ, साहित्य धेरै विधाका स्वाद चाख्न पाइन्छ पठनीय छ, बोधगम्य छ, भावगाम्भीर्य छ, आफ्नो अनुभव छ, धेरै ठाउँको वर्णन कथा व्यथा यसमा अटाएको पाइन्छ । वर्ग, समुदायले भोगेका तीता मीठा कुराहरू यसभित्र रहेको छ, मानवीय चेत कसरी होला, सुख शान्तिको कामना स्रष्टाले यो पुस्तकद्वारा गर्ने प्रयास गर्नुभएको छ भाषा सरल छ ।

लेखक आध्यात्मिक पूर्वीय दर्शनका अध्येता हुन् र पौराणिक तथा ब्राह्मण ग्रन्थहरूमार्फत पूर्वीय वाङ्मयको राम्रो ज्ञान रहेको पाइन्छ । काव्यमा पौराणिक मिथकको प्रयोगको गन्ध आउँछ, लेखक आधुनिक पण्डित कहलिएका छन्, सबैखाले विभेदको विरोध गरिएको छ ।
राजनीतिक, सामाजिक तथा धार्मिक सुसंस्कार र सुसंस्कृति निर्माणका निम्ति आह्वान गर्दै लेखिएको यो महाकाव्य हामी सबैका निम्ति पठनीय त छँदैछ सङ्ग्रहनीयसमेत छ भन्ने मलाई लागेको छ । लेखकलाई बधाइ दिँदै धन्यवाद दिन्छु । नयाँ कृतिको आशा राख्दै आजलाई चर्चा कार्य समाप्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!