हिपमत डटकम

बिहिबार, भाद्र ०३, २०७८ || 681  पटक पढिएको
भवानीप्रसाद पोखरेल

चारपाने–३, झापामा जन्म भै विराटनगर–८ मधुमारालाई कर्मथलो बनाउदै आएकी उपन्यासकार लक्ष्मी चौधरी ‘युग्मी’ को पहिलो उपन्यास ‘डुब्दो घाम’ हो । उहाँ पेशाले शिक्षण र समाजसेवा गर्दै साहित्यमा रमाउने स्रष्टा हुनुहुन्छ । धेरैवटा संस्थामा आवद्ध हुनुहुन्छ । बाहिर डुब्दो घामको तस्बिरले सजिएकोले राम्रो छ । कभरबाहेक १२३ पेज छ, मूल्य २५० छ । आकार सानो चिटिक्क छ । भाषा सरल छ, पढौँ पढौँ लाग्नेछ, रोमान्स छ, यात्रा छ, विछोड छ, जातका कुरा छन् ।

प्रकाशक सहयात्री दर्पण, बागबजार काठमाडौं, सम्पादन गोविन्द कँडेल ‘आँसु’, समर्पण स्व. बुबा पञ्पमलाल चौधरी, स्व. आमा अलनसरी चौधरी, यो बुबाआमाप्रतिको सम्मान हो । प्रकाशकीयको तर्फबाट अध्यक्ष गेविन्द कँडेल ‘आँसु’, सहयात्री दर्पण काभ्रेपलाञ्चोक, धुलिखेलले दुईपेज लेख्दै उपन्यासको बारेमा राम्रो मूल्याङ्कन गर्नुभएको छ । मेरो कुरा भनी उपन्यासकारले दुईपेज लेख्दै कृतज्ञ छु भन्नु भएको छ ।
‘डुब्दो घाम’ सामाजिक उपन्यास हो । दस भागमा छ । यौनका कुरा छचल्किएको पाइन्छ । म भन्ने पात्र सोनियाको होस्को प्रतीक्षामा हस्पिटलमै बसेको हुन्छ उनी जीवन र मृत्युको दोसाधमा हुन्छिन् दुई वर्षको उनको छोरा सौरभ आमाको काखमा लुटपुटिन खोज्छ । आमा हलचल गर्दिनन् छेउमा लुटुक्क निदाउँछ । डाक्टर विरामीको स्वास्थ्य परीक्षण गर्न आएपछि कुरुवा सबैलाई बाहिर जान भन्छन् तर म भन्ने पात्र निस्किएनन् र, डाक्टरलाई सोध्छन् विरामीको बारेमा । डाक्टरले भगवानमाथि भरोसा गर्नुहोस् भन्दा उनी निरास बन्दै आइसियूबाट बाहिरिन्छन् ।
सोनियाको श्रीमान् राज हुन्छन् । यिनी डाक्टर पढ्न अमेरिका भएका बेलामा त्यही सोनियाले भेटेकी थिइन् । तीन वर्षपछि नेपालमा आएर मागी विवाह गरेको हुन्छ । बिरामी सोनियाको होस् आइ छोरा सौरभलाई अंकमाल गर्दै रुन्छिन् र केहीक्षणमा खुसी भइन् । धनाड्य महिला कुकुर डो¥याउँदै सोनियालाई भेट्न अस्पताल आइन् र त्यहाँ आफन्तकै सामु सोनियाको मानसिक सन्तुलन ठीक नभएको कुरा गर्दै बाहिरिन्छिन् । पहिलो भाग यसरी समाप्त हुन्छ ।

दोस्रो भागमा सौरभको बाबाले आमाछोरालाई एयरपोर्टसम्म छाडेर विदाइको हात हल्लाएको, सौरभले विमानभित्र बाबालाई खोजेको विमान उडेपछि आमाको काखमा निदाएको दोहा एयरपोर्टको जाँचपछि दोस्रो गेटबाट प्रवेश गरेको बेलामा कसैले बोलाएको आवाज आउँदा पछाडिबाट एउटा युवकले भन्यो तपाईको नानीको खेलौना झरेछ र त्यही दिन कराएको रहेछ । युवाले खेलौना दिएर परिचय माग्यो ।
र, पछि लाग्यो मेरो नाम अनमोल गौतम घर विराटनगर हो । नेपाल जाँदै छु भन्दै गर्दा राजले भिडियो कल गरेर छोरालाई हेरे नेपाल पुगेर फोन गर है बेबी भन्दछन् । त्यो कुरा अनमोलले याद गरिरहन्छ र कस्तो राम्रो जोडि भनेर सौरभलाई खेलाउने व्रmममा आमाको शरीर छुन पुग्थे । उनलाई पनि मीठो लागिरहन्थ्यो । सोनियाले परिचय दिइन् घर लैनचोर काठमाडौँ, अमेरिका बस्ने भनिन् । अनमोलले कफि ल्यायो बाबुलाई जुस दियो र भन्दछ साँचो सम्पत्ति भनेको मन हो यो कुरा सुनेर सुनिया मख्ख पर्छिन् । अनमोलले गाउँकै दलित केटी मनपराएको दुवैको प्रेम भएको कुरा सुनाउँदा निरुसँग मस्ति गर्नु भएको छ भन्दै ठट्टा गरिन् ।

तेस्रो खण्ड–नेपाल जाने यात्रुहरु पाँच नं.को गेटबाट उडान गर्नु होला भनी सूचना आयो । सौरभलाई अनमोलले बोकेर हिडे । दुवैको सिट अघिपछि भएपछि अरु यात्रु नभएको हुँदा दुवै सँगैको सिटमा बसे छ घण्टा सँगै बस्न पाएकोमा खुसी भए । अनमोलको बाँकी प्रेम कहानी फेरि सुनाउँछन् । बाहुनको छोरा संस्कृत काठमाडौंमा पढेको पार्टटाइम गर्दा होटलको जागिर छाडेको उनीहरु यात्रामा दुवैले वाइन पिउँदै अनमोल कुरा गरिरहन्छन् । उनी पनि चाख मानेर सुन्दछिन् । निरुसँगको प्रेमको कुरा आमाले थाहा पाएपछि आमा रुखिनु भएको शास्त्रीको परीक्षा दिएर घर आउँदा बाटोमा शिवेलाई भेटेर निरुको बारेमा सोद्धा पाँच महिनाअघि आत्महत्या गरी मरेकी आमा पनि मेरेको कुरा प्लेन उडिरहेको बेला सुनाइरहेको थियो । ऊ निराश भएर घर पुगेको ।

खण्ड चारमा गाउँकी मुन्टीसँग घरमा बात मारेको । बिहानको खाना खाएर चिसाङ खोलातिर मसान घाट गएर निरुको केही सामान भेटिन्छ कि भनेर खोजेको । त्यहाँ एक महिलाको लास जलाउने ल्याएको श्रीमान्ले अर्कै विवाह गरेपछि उनले आत्महत्या गरेको, भैँसी चराइरहेकी युवती एलिजा केसीसँग परिचय भएको । खण्ड पाँच–चितामाथि जलिरहेको शिलु भाउजूको लाश डुब्दो घामाजस्तै विस्तारै खरानीमा विलीन हुँदै गरेको साँझमा अनमोल घर आएको राति निद्रा नलागेर फेसबुक चलाएको, एलिजासँग लामो गफ भएको, भोगटेनीको धिमाल पोखरीको रोमान्स छ, एलिजा र अनमोलको रोमान्सको दृश्य रहेको छ ।

खण्ड छ–अनमोल र एलिजा मकालु यातायातबाट काठमाडौँ जाँदा राति एलिजाकै घरमा पुगेको । खण्ड सात–राति दुईबजेपछि दुबैले नुहाइधुवाइ गरेको, एलिजाले आफ्ना सबै कहानी सुनाइ रातिसँगै सुतेको खण्ड आठ सिन्दुर पोते विनाको सुहागरात मनाएको । शिवे र निरु एलिजाको घरअगाडि उभिएको दृश्य देख्यो अनमोल छक्क पर्छ, शिवेले निरुलाई भगाएर मरिसकेको झुट्टा खबर दिएको शिवे डराएर आफ्नो बाटो लाग्यो । अनमोल आफ्नो डेरा जानलाग्दा एजिलाले रोकेको । खण्ड नौ –तीजको दिन एलिजा रातो पहिरनमा सोह्र श्रृङ्गारमा बेहुली जस्तै देखिएको सिउँदोमात्र खाली थियो ।
अनमोलको दाइले विदेशबाट भिसा टिकट पठाएपछि उनी विदेश जान्छन् । खण्ड दश–अनमोल विदेश गएको एक वर्षपछि एलिजाले अर्कैसँग विवाह गरेको, दुईवर्षपछि अनमोल कतारबाट काठमाडौँ आउँदै गरेको कहानी अनमोलले सोनियालाई सुनाएको, अब हामी काठमाडौं आइपुगेको भनेर अनमोलले झक्झक्याउँदा उनी झसङ्ग भइन् । रातको दश बजिसकेको थियो, जाने त छोडेर गइसके अब किन निराश बन्नुहुन्छ दिल खोलेर हाँस्नुस् त तपाईंको लागि म छु भनिन् सोनियाले ।

यिनीहरु ठमेलको मल्ल होटल गए । रमाइलो गरे । भोलिपल्ट सोनिया घर गइन् । श्रीमान्ले फोन गरे हाल खबर बुझे । चार दिनपछि अनमोलले फोन गरे । मैले वानेश्वरमा कोठा लिएको छु हेर्न आउनुभन्दा प्रस्ताव स्वीकारिन् । समय बित्तै गयो सोनिया गर्भवती बनिन् । गर्भपतन गर्ने कुरा गर्दा अनमोलले मोवाइलमा अश्लिल चित्र खिचेको देखायो उसलाई ब्ल्याकमेलिङ्ग ग¥यो । मोवाइलबाट अर्धनग्न फोटो भाइरल गर्छु नत्र मैसँग बस भन्यो । सोनियाका श्रीमान् डाक्टर थिए । छोरा छ घरवार वर्वाद हुनेभयो सम्झी क्षितीज पारिको डुब्दो घामसँगै अमृतमय जीवन सिध्याउन उनका लागि विष पिएर लम्पसार परी खोइ कसले बचायो थाहा छैन भनी डुब्दोघाम उपन्यास सकिन्छ ।

खट्केको कुरा अस्पतामा बिरामी भेट्न जाँदा कुकुर लिएर गएको, एलिजासँग दिउँसो परिचय भै एक रातमै मोवाइलमा च्याट गरी गफ गरेको पर्सिपल्ट काठमाडौं गई राति नै यौनसम्बन्ध स्थापित भएको, सोनिया काठमाडौं आइसकेपछि होटलमै बास बसी अनमोलसँग रात विताएको । एक महिला अविवाहित भै छाडापन गरेको, विवाहित छोराकी आमाले गति छाडेको महिलामाथि नै धज्जि उडाएको दृश्य पढ्न पाइन्छ । छोटो समयमा धेरै कुराको दृश्य देखिन्छ अलि प्लन मिलेन कि ? जे होस् यो सामाजिक उपन्यास हो । पढीरहँदा पट्यार लाग्दैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!