गीतकार तथा समाज सेवी दिलिप योन्जन तामाङद्घारा लिखित “उठ्नुपर्छ उठाउनुपर्छ हामी तामाङ एक हुनु पर्छ” बोलको गीत सार्वजनिक भएको छ ।

तामाङ जातीको जागरण सम्वन्धि भाव समेटिएको उक्त गीतले एकताबद्घ भएर आफ्नो हक हीत र अधिकारको निम्ति अघि बढ्न सम्पूर्ण तामाङ समुदायलाई सांगीतिक सिर्जना मार्फत पुनः एक पटक झकझक्याएको छ ।

श्रीमती लक्ष्मी गुरुङ तामाङले निर्माण गरेको उक्त गीतमा संगीत राजेश थापाले दिएका हुन् भने गायिका निर्मला घिसिङ र गायक फुल कुमार बमजनले स्वर दिएका छन् ।

पवन वाङ लामाको एरेन्ज रहेको उक्त गीत ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड भएको हो भने एकान्त मगरले भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।

अमेरिकामा रहेर विगत लामो समयदेखि नेपाली गीत संगीत र सामाजिक सेवाका कार्यहरुमा सकृय गीतकार तामाङको यस अघि नै गाउँबेसीमा फुलै फुल्यो, अन्जानमै माया बस्ला है, आफ्नै छायाले आदि गीतहरु चर्चित छन् ।

उनका विभिन्न एकल सांगीतिक एल्बमहरु तथा गीत, कविता र मुक्तक संग्रहहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!