हिपमत डटकम

बिहिबार, साउन २८, २०७८ || 801  पटक पढिएको

गीतकार डब्बु क्षत्री झरी सम्बन्धि नयाँ गीत असारै मास…(झरी) लिएर आएका छन् । यो गीतको भिडियोलाई बुढासुब्बा डिजिटलको युट्युव च्यानलबाट रिलिज गरिएको छ । ७ वर्ष अघि झरी सम्बन्धि गीति संग्रह झरी ल्याएका गीतकार डब्बु क्षत्रीको यो झरीको नयाँ सृँखला हो ।

भोगटे गीतबाट हिट भएका गायक अलिफ खान र गायिका सरिता भारतीले यो नयाँ गीत असारै मात्र…लाई गायका छन् । अलिफ खान पछिल्लो पुस्ताका रुचाईएका लोक गायक हुन् । सरिता र अफिलले लुडो र तास गीत पछि दोश्रो पटक यो गीतमा सँगै काम गरेका हुन् । गीत निकै राम्रो बनेको गायक अलिफको भनाई छ ।

यो गीतमा युवा सँगीतकार तथा सँगीत संयोजक राजेन्द्र बजगाईंको संगीत रहेको छ । यो गीतको सँगीत सँयोजन पनि राजेन्द्रले नै गरेका छन् । यसको सँगीत कर्णप्रिय बनेको छ । मनोज परियारलाई यो गीतलाई मिक्सिङ गरेका हुन् ।

यो गीतको भिडियोमा अभिनेता प्रदीप बास्तोल र गायिका सरिता भारतीले मोडलिङ गरेका छन् । यो लोक भाकाको गीतमा प्रदीप र सरिताको नृत्य एवम् अभिनय आकर्षका छ । आफुहरुले दर्शकबाट राम्रो प्रतिक्रिया अहिले भिडियोबाट पाईरहेको अभिनेता प्रदीपले बताए । यसपटक आफुले यो गीतको भिडियोमा बिगतको भन्दा केही राम्रो नृत्य गरेको सरिताको भनाई छ ।

भिडियोलाई गीतकार डब्बु क्षत्री आफैंले निर्देशन गरेका हुन् । यस अघि वर्षात ऋतु तथा झरी सम्बन्धि आठ वटा ७ वटा गीत ल्याईसकेका क्षत्रीको यो आठौं झरी गीत हो । उनका अर्को पनि झरी गीत तयार छ ।
गीतको भिडियोलाई अग्रज नृत्य निर्देशक सुवास बुढाथोकीले कोरियोग्राफी गरेका हुन् । टंक केसीको छायाँकन रहेको यो गीतलाई सम्पादक सुरेश कुमार राउतले सम्पादन गरेका हुन् । जसमा दिलमायाँ मगरको ड्रेस डिजाईन, शोभा श्रेष्ठको सृँगार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!