
द भ्वाइस अफ नेपाल सिजन ३ का प्रतिस्पर्धी बिक्की परियारको आवाज रहेको गजल गीत ‘निद छैन आँखाभरि…’को लिप्सिङ भिडियो सार्वजानिक भएको छ ।

यो गीत गायक÷संगीतकार देव गुरुङको लगानी र संगीतमा तयार भएको हो । गीतको रचना गणेश बाछाना राईले गरेका हुन् ।
सुरसंगम नक्सालमा रेकर्ड गराइएको यस गीतको एरेन्ज सुरथ प्रधान, मिक्सिङ सुमन खड्काले सम्हालेका छन् । बाद्यवादनतर्फ मादल,तवला,ढोलकमा कुमार महाराजाले भरेका छन्, बासुरी गोपाल बराइली, सारंगी कान्छा भने गितार संजिव बराइलीले बजाएका छन् ।
लिप्सिङ भिडियो जमर्काे इन्टरटेनमेन्टको अफिसियल युट्युुव च्यानलबाट सोमबार सार्वजानिक गरिएको हो ।
भिडियो हेर्नुहोस्