
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल मोरङले कटहरी गाउँपालिकामा सुरेश साह सोनारको अध्यक्षतामा नयाँ कमिटि गठन गरेको छ । पार्टीका मोरङ अध्यक्ष माधव आचार्य , केन्द्रीय सदस्य दिनेशकुमार साह, विश्वमोहन थापा, श्यामबहादुर कार्की, हिरालाल सेञ्चुरी र छुमरू सरदार थारूको उपस्थितिमा नयाँ कमिटि गठन गरिएको हो ।

यसअघि राप्रपा मोरङले कटहरीको सबै वडामा वडा स्तरीय कमिटि गठन गरिसकेको छ ।
राप्रपाले कटहरी गाउँपालिकाका दलित समूदायलाई लक्षित गरेर स्थानिय सरकारमा स्थानियको सहभागिता हुनुपर्ने माग गर्दै दलित समूदायलाई संगठित गर्न थालेपछि राप्रपाप्रति दलितको आकर्षण बढेको छ ।
यसैक्रममा विभिन्न पार्टी परित्याग गरेर सयौं दलित समूदाय राप्रपामा प्रवेश गरेको छ । १ महिनाभन्दा बढी समयदेखि राप्रपा मोरङ अध्यक्ष आचार्यको टिमले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गर्ने क्रम निरन्तर जारी छ ।
देशका प्रमुख राजनीतिक पार्टीको हाराहारीमा राप्रपा मोरङले कटहरीमा संगठन निर्माण गरेपछि शनिबार भव्य कार्यक्रमको आयोजना गरेर कटहरी गाउँ परिषद्को भेलाबाट सुरेश साह सोनारको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको हो । नवप्रवेशीलाई पार्टीका अध्यक्ष आचार्य सहित केन्द्रीय सदस्यहरूले फुलमाला लगाएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् ।