हजारौं वर्ष प्राचीन प्रेदेश २ लोहरपट्टीको रेखा महारानी

कामरुप कामाख्याको अंशरुपी सिद्धेश्वरी भगवती

शनिबार, साउन २३, २०७८ || 2210  पटक पढिएको

प्रदेश २ महोतरी जिल्लाको लोहरपट्टी नगरपालिका वडा नं. ५ को रेखा महारानी हजारौं वर्ष प्राचीन रहेको छ । रेखा महरानीको मन्दिर परापुर्वकाल देखि नै यहाँ अवस्थित रहेको स्थानीयहरु बताउँछन् । रेखा महारानीको नामले नै अहिले पनि माल अड्डामा यसको नाम रेखा लोहारपट्टी दर्ज रहेको छ ।

कामरुप कामाख्याको अंश ल्याएर सिद्धेश्वरी शक्तिपीठको रुपमा रेखा महारानीको स्थापना गरिएको हो । हजारौं वर्ष अगाडी यहाँका माली समुदायले सनातन परम्परा अनुसार यज्ञ अनुष्ठान गरी कामरुप कामाख्याको अंशरुपी सिद्धेश्वरी शक्तिपीठको स्थापना गरेको किंवदन्ती रहेको छ । यस मन्दिरमा पटक पटक भएका अलौलिक चमात्कारका घटनाहरु स्थानीयबसी प्रत्यक्ष रुपमै देखेका छन् ।

रेखा महारानी कामरुप कामाख्याको अंशरुपी सिद्धेश्वरी शक्तिपीठको रुपमा रहेको कामाख्या परिवार नेपाल जनकपुरधामका अध्यक्ष तन्त्रसाधक आध्यमत्मिक गुरु बाबा विभाष लाभले बताउनु भयो । उनका अनुसार सिद्धेश्वरी शक्तिपीठ रेखा महारानीको विषयमा विष्णुतन्त्र, शिवतन्त्र, नागाअर्जुनतन्त्र सहितका प्रचीन ग्रन्थहरुमा समेत उल्लेख गरिएको छ । यसबारे कामरुप कामाख्यामा समेत अनुसन्धान भई रहेको उहाँले बताउनु भयो ।

यहाँ गुप्तरुपमा तन्त्र साधना गर्न हजारौं साधकहरु आउने गर्छन् । उनीहरु कसै संग मेलमिलाप वा परिचय नगरी आफ्नो तन्त्र साधना गरेर फर्किन्छन् । तन्त्र साधकहरुको लागि यो उच्चतम साधना स्थल रहेको छ । बाबा विभाष लाभले पनि यहाँबाट नै आफ्नो तन्त्रसाधना शुरु गर्नु भएको बताउनु भयो । मिथिलामे रहना है तो रेखा रेखा कहना है भन्दै बाबा विभाष लाभले खास गरी मिथिला क्षेत्रका तन्त्र साधकले रेखा महारानीमा साधना नगरि तन्त्रसाधना पुरा नै नहुने दाबी गर्नु भयो ।

स्थानीयबासीका अनुसार यस मन्दिरमा अकल्पनीय, अविश्वसनिय, अलौकिक र दिव्य ज्योति सहितको प्रकाशले मन्दिर प्रकाशित भएको अनेकौ घटनाहरु घटित भएका छन् । खास गरेर आमावश्याको राति नागमणीको दिव्य ज्योतिले मन्दिर आलोकित भएका दृश्य ग्रामीणहरुले आफ्नै घरबाट समेत देखेका छन् ।

यो स्थल प्राचीन रहेको नेपाल सरकारको पुरातत्व विभागले समेत जनाएको छ । पुरात्व विभागका अनुसार मन्दिर वरिपरिका क्षेत्रमा उत्खनन गर्दा भेटिएका शीलालेखहरु हजारौं वर्ष प्राचीन रहेको छ । यहाँ प्राचीन समयमा कुनै राजा महराजाको दरबार रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!