हिपमत डटकम

बुधबार, साउन २०, २०७८ || 681  पटक पढिएको

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आपूm कसैसँग झगडा नगर्ने बताएका छन् ।
पराजुलीले नित्यको ध्यान, तप, पुजापाठले आपूmमा नरिसाउने गुण विकसित भएको बताएका छन् । मेयर पराजुलीले भने, ‘मेरो झगडा गर्ने स्वभाव नै छैन, म लाठी मुङ्ग्रो लिएर कसैसँग वादविवाद गर्न जान्न ।’ पराजुलीले आपूmलाई खराब लागेको मानिसको संगतै नगर्ने र टाढै बस्ने बताएका छन् ।

कतिपयले मेयर पराजुलीलाई यतिको नरम कसरी हुनु भयो भनेर प्रश्न सोध्ने गरेको बताउँदै स्वभावैले आपूm नरम भएको जिकिर गरे । पछिल्लो समय मेयर पराजुली खोप काण्डमा मुछिएका थिए । उनीमाथि कांग्रेस बुथ सभापति माधव राजभण्डारी (विमल) को घरमा निकटका कांग्रेस क्रियाशील सदस्यलाई खोप लगाएको आरोप छ । मेयर पराजुलीले लागेका आरोपको खण्डन गर्दै आएका छन् ।

पराजुलीले आफु सहभागि नै नभएको कुरामा पनि नाम मुछेर केहि व्यक्तिले निम्न स्तरको राजनीति प्रदर्शन गरेको आरोप लगाए । मेयर पराजुलीले कसैसँग पनि झगडा नगर्ने र कसैको पछि पनि नलाग्ने भन्दै आफूलाई असल नलाग्ने व्यक्तिसँग संगतै नगर्ने प्रष्ट पारे ।
उनले भने, ‘म त्यस्ता अवाञ्छित तत्वहरूसँग टाढै बस्छु ।’ मेयर पराजुली राती अवेरसम्म काम गर्ने गरेका छन् । उनी रातीको १२ बजे विश्राम लिन्छन् भने सखारै ४ बजे उठ्ने गरेका छन् । उनी दैनिक ध्यान, जप, तप र पुजापाठ गर्ने गरेका छन् । मध्यरातसम्म सेवाग्राहीको काममा तल्लिन हुने मेयर पराजुलीको किटान छ । छिट्टै सुते अवरमा परेका विराटनगरवासीको समस्या समाधान नहुने मेयर पराजुलीको तर्क छ । दिउँसो विभिन्न विकल्प रहने र आपतको बेला राती कतिपयको फोन नउठ्ने भएको हुनाले पीडामा परेकाहरूको लागि आफ्नो फोन सहजै उपलब्ध हुने मेयर पराजुलीले दावी गरे ।

मेयर पराजुलीले बोले, ‘दिउँसो मेरो फोन नउठेपनि संघ, प्रदेश र स्थानिय सरकारका सरोकारवालाहरूमध्ये कसैले न कसैले फोन उठाउँछन् । तर राती प्रायः सबैको फोन स्वीच अफ हुने र फोन नउठ्ने भएको हुनाले राती अवेर आएको फोनपनि मैले उठाउने गरेको छु ।’
मध्यरातसम्म आफू विराटनगरवासीको सेवामा तल्लिन रहने गरेको मेयर पराजुलीको स्पष्टोक्ति छ । भगवानको आराधनाले आफुसंग सहन गर्ने शक्ति रहेको भन्दै अनर्गल प्रचारबाजी र दुष्प्रचारका विरूद्ध आपूm कसैसँग ‘मल्लयुद्ध’ खेल्न नजाने स्पष्ट पारे ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!