हिपमत डटकम

सोमबार, साउन १८, २०७८ || 529  पटक पढिएको

नोबेल शिक्षण अस्पतालमा मोरङ र सुनसरीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ्ग स्टाफका लागि दक्ष प्रसुतिकर्मी तालिम सुरु भएको छ । नोबेल अस्पतालको व्यवस्थापनमा धनकुटास्थित स्वास्थ्य तालिम केन्द्रले नर्सिङ्ग स्टाफका लागि दुई महिने तालिम गरेको हो ।

मोरङ र सुनसरीका विभिन्न स्वास्थ्य केन्द्रमा कार्यरत १२ नर्सिङ्ग स्टाफ तालिममा सहभागि छन् । प्रसुति गराउँने काममा लामो अनुभव हासिल गरेका शान्ति टण्डन, सकुन्तला सिटौला, गीता कोइराला र इन्दिरा गौतमले उनीहरुको दक्षता अभिबृद्धि गराउँन सैद्धान्तिक र व्यवहारिक सीप सिकाउने छन् । उनीहरूलाई २० दिन सैद्धान्तिक तालिम प्रदान गर्ने र बाँकी ४० दिन प्रसुति गराउने काम मै लगाएर दक्ष बनाइने छ ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा.सुरेशकुमार मेहता, स्वास्थ्य तालिम केन्द्रका निर्देशक रोहितकुमार पाण्डे, नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपाल, प्रिन्सिपल डा.रामहरी घिमिरे, जेनेरल मेनेजर रुद्रप्रसाद शर्मा, मेट्रोन कल्पना पोख्रेल, नर्सिङ्ग डाइरेक्टर निलम झा र करुणा फाउण्डेशनका प्रोग्राम मेनेजर सन्तोष घिमिरेले यस्ता तालिमले मातृ मृत्युदर घटाउँन सघाउ पु¥याउनेमा जोड दिए । उनीहरूले तालिमबाट सकेसम्म बढी सीप सिकेर व्यवहारमा उतार्न सहभागिलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!