हिपमत डटकम

शुक्रबार, साउन १५, २०७८ || 628  पटक पढिएको

भवानीप्रसाद पोखरेल

विराटनगर–३ निवासी न्यू सृष्टि दैनिकको अध्यक्ष एवम् प्रधानसम्पादक साहित्यिक स्रष्टा शंकर खरेलको विधागत रूपमा ‘सुनैना’ पछिको दोस्रो कथा हो र, साहित्य लेखनको १७ औँ पुस्तकको रूपमा बेजोडढङ्गबाट सामाजिक कथासङ्ग्रह ‘टिलो’ ०७७ बजारमा आएको छ । जो पढौँ पढौँ लाग्नेछ । आज मेरो हातमा परेको छ । यसै कथासङ्ग्रहको समीक्षा गर्ने जमर्को गरेको छु ।

प्रकाशक न्यू सृष्टि दैनिक, विराटनगर, मूल्य १५०।–, आवरण विव्रmमश्रि, भाषासम्पादन चूणामणि नेपाल ‘अकिञ्चन’, मुद्रण अरनिको छापाखाना, विराटनगर ।

समर्पण जीवनसाथी मनिता सुवेदी र छोराहरू गुञ्जन र सायरमा भनी उल्लेख छ । यो उहाँहरू प्रतिको अपार स्नेह र आशीर्वाद हो । कृतज्ञ छु भनी पिता स्व. युवराज शर्मा र माता स्व. लक्ष्मीदेवीप्रति सम्मान जनाउनुभएको छ । यो कथासङ्ग्रह न्यू सृष्टिको अफिस तीनपैनी र विराटनगरका पुस्तक पसलमा सहज ढङ्गबाट उपलब्ध छ । यस सङ्ग्रहभित्र २० थान सुन्दर कथाले सजिएका छन् । पहिलो कथालाई समाचार शैलीमा ढाल्ने प्रयास गरिएको छ । अन्तिम कथा ‘पण्डा’ छ । यसको भाग्यमानी कथा ‘टिलो’ छ । यसैको नामबाट यो कथासङ्ग्रहको नामकरण गरिएको छ । कभर बाहेक १५२ पेज छ । सम्पूर्ण कथासङ्ग्रह पढेपछि यसको रसास्वादन गर्न सकिन्छ ।

कथा सरल भाषामा मेहनत गरेर लेखिएको छ । हाम्रा ग्रामीण क्षेत्रदेखि सहरक्षेत्रसम्मका विषयवस्तुलाई टपक्क टिपी कथाको साचोमा ढाली घतलाग्दो, रोमान्चकारी, चोटिलो, पोटिलो ढङ्गले प्रस्तुत भएको सलल बगेको कथासङ्ग्रह हो ‘टिलो’ जुन एकपल्ट पढ्नै पर्ने रहेछ । आवरण चिटिक्क परेको आकर्षक राम्रो देखिन्छ ।

कथाले यसरी गतिलिन्छ पहिलो कथाको शीर्षक छ ‘कथालाई समाचार शैलीमा ढाल्ने प्रयास’ यो कथामा पाँच वर्ष अन्य कार्य गर्दा साहित्य रोकिएको आफ्नै गन्थन छ । दोस्रो कथा ‘कचरमचरचुई–चुइँ–कचरमचर–चुइँ’ छ । धेरै वर्ष पहिले सडक सञ्जालको विकास नभएको कच्ची धुले बाटो सवारी साधन गोरूगाडाको प्रयोग परिवार नियोजनको साधन नहुँदा एक आमाको पन्ध्र सन्तानसम्मको जन्म दिएको, सुत्केरी बेथा लाग्दा घण्टौँ गोरूगाडामा बसी अस्पताल जानुपर्ने कतिको त बाटैमा सुत्केरी भै फर्कनु पर्ने हुँदा कचरमचर चुइँ गोरूगाडाको आवाज छ ।

तेस्रो कथा ‘रावणको त्यो आवाज’ यस कथामा केवल नहुँदा एन्टेना राखेर वास घुमाएको दृश्य रामायणजस्ता सिरियल हेर्न लाग्दा टेलिभिजनको आवाज बढाउदा रावणको त्यो आवाज सुन्नेखेरमा आइसी जलेर टेलिभिजन नचलेको काहानी छ । चौथो कथा ‘टाकुरामा पुगेको दिन’ रेडियोमा फर्माइस गीत बज्दथे । नरेन भन्ने पात्रले पनि फर्माइस पठाउने विचार गरी पठाएपछि नरेनको पनि रेडियोमा नाम आउदा उनलाई टाकुरामा पुगेजस्तो लागेको कथा छ ।

पाचौँ कथा ‘परीक्षा’ रहेको छ । यसका पात्र ठकप्रसाद छन् । पढाइमा कमजोर, हाजिरी जवाफमा अब्बल, यिनी गरिब हुन्छ, अभाव छ दश कक्षासम्म विषय लगाएर पास भए । एसएलसीमा जुक्ति लगाएर पास भएको रोचक कथा छ । छैठौँ कथा ‘भगवानलाई धम्की’ यस कथामा लम्बोदर नामका पत्र छन् धैर्य गर्दै काम गर्नुपर्छ सफलता हुन्छ भन्ने सन्देश वोकेको छ ।

सातौँ कथा ‘पुरस्कार र अभिनन्दन’ सरलप्रसाद नामका एक गज्जबका पात्र छन् । उनी पुरस्कार दिने र अभिनन्दन गर्ने ‘महानायक’ हुन् । पैसा दियो भने गधालाई पनि सम्मान गर्छन् यसैको सेरोफेरोमा यो कथा छ ।
आठौँ ‘टिलो’ छ । यस्का पात्र परशुराम लोभी व्यापारी हुन्छ नचाहेर पनि रामसेवकको अन्तिम संस्कारमा जादा पैसा ‘टिलो’ फूल, लावा फालेको देख्तछन् । लक्ष्मीलाई किन फालेको यस्को विकल्पमा प्लाष्टिकको ‘टिलो’ बनाउने कल्पना गरी यमदुतको माथिङ्गल हल्लिएर ढलेको कथा छ । टिलो फाल्ने परम्पराको उठान गरिएको छ ।

नवौँ कथा ‘मृत्यु’ छ । कोरोना कालको भयानक दर्दनाक कहानी छ । यसका पात्र चेतन हुन् । सामाजिक अभियन्ता यिनको कोराना लागेर मृत्यु हुँदा सुरक्षाकर्मीले अन्तेष्ठी गरेको चर्चा छ । दशौँ कथा ‘लुरे’ हुन् । दुःख, मेहनत र इमान्दारी गरी काम गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने सन्देश छ । यो सत्य घटनामा आधारित कथाजस्तो लाग्छ ।
एघारौँ कथा ‘सफलता÷असफलता’ जसमा ‘शोले’ सिनेमाको चर्चा छ, फियर एण्ड लभ्ली क्रिमको चर्चा छ, सफलता विज्ञापनबाट पनि पाइन्छ भन्ने सन्देश छ । बाह्रौँ कथा ‘गणतन्त्र’ । यसका पात्र बबन राजपुज हुन् । यिनलाई गणतन्त्रको समुल अर्थ थाहा छैन । यस अघिको व्यवस्थाको पनि अर्थ थाहा नभए पनि ठूलो नेता भइ धन कमाए । गणतन्त्र आएपछि नेताले लुटेको अवस्थाको चित्रण छ ।

तेह्रौँ कथा ‘मरेपछि डुमै राजा’ यसका पात्र दिरेकलाल हुन् । यिनी बाँचुन्जेल मोज गर्नुपर्छ भन्दछन् । रक्सीले कहिले धोका दिँदैन पिएपछि लाग्छ भन्दछन् । बच्चा बूढाबूढीलाई खान दिनुपर्छ भन्ने सन्देश छ ।
चौधौँ कथा ‘लभ ८६’ नामक सिनेमा खुवै चलेको प्रसङ्ग छ । गोविन्दे भन्ने पात्र गोविन्दाको नक्कल गर्दै डान्स र हाउभाउ गर्दै बम्बैसम्म पुगी बिल्लीबाठ भएको कहानी छ ।

पन्धौँ कथा ‘आत्महत्या’ हो । सहदेव नामका पात्रले धेरै सङ्घर्ष गरेको सफल नभएर विदेशमा धन कमाएको, श्रीमतीले धन खर्च गरी अर्कैसँग हिँडेको, घर आएपछि पटक–पटक सहन नसकी मर्ने प्रयत्न गर्दा ऊ बाँचेको अनितममा विष सेवन गरी आत्महत्या गरेको दर्दनाक हिजोआज यस्तै घटना सुनिएको छ । यो सत्य घटनामा आधारित कथा हो ।
सोह्रौँ कथा ‘अपजस’ छ । यसका पात्र ठालुप्रसाद हुन् । यिनलाई आफ्नो नाम छपाउने सोख हुन्छ । आफैले भित्तेपत्रिका पनि निकाले, लेखहरू प्रकाशित गराए । पत्रिकामा जागिर पाएँ । काम गर्दै जाँदा अपजस पनि व्यहोर्नु पर्दोरहेछ भन्ने सन्देश यस कथामा छ ।

सत्रौँ कथा ‘लुडो’ । यसका पात्र शान्तिराम, शक्तिराम, काङ्ग्रेस र पाण्डु छन् । यिनीहरूलाई खान लाउन दुःख छैन । समय कटाउन लुडो खेलेको दृश्यमा चाकाचुली खेलेको कहानी छ । यिनलाई लुडोको नसा लागेको हुन्छ । राजा महेन्द्रले प्रजातन्त्रवादीलाई कु गरेको सन्दर्भ छ ।
अठारौँ कथा ‘हात्ती र बाघको दौड’ । यस कथामा सुरूमा कछुवा र खरायोको दौडको कहानी छ । कछुवा विजयी हुन्छ अरू जिवजन्तुले पनि जंगलमा दौड राखे । हात्ती र बाघको पनि दौड हुदा परिस्थितिले हात्ती विजयी भएको रोचक कहानी पढ्न पाइन्छ ।

उन्नइसौँ कथा ‘यो मन त मेरो नेपाली हो’ । यसमा पात्र सेवन्तीका राम्रो नृत्य गर्छिन् । व्याकुलले आफ्नो टोलीमा सामेल गराएर भारतको कार्यव्रmममा जादा थ्रिडीले मन पराएर उतै घरजम गर्छिन् । धेरै वर्ष पछि कोरोनाकालमा माइत आउदाको पिडा कथामा पढ्न पाइन्छ । बीसौँ कथा ‘पाण्डा’ । यसका पात्र प्रेमपुजारी हुन् । पुजारीको काम गर्दछन् । पैसा नहुनेका लागि मन्दिरमा स्थान छैन भन्दछन् । कर्तालाई डर, त्रास देखाइ पैसा असुल्छन् । ती पाण्डाले विश्वनाथबाट कसरी पैसा धुत्तछन् यस कथामा पढ्न पाइन्छ ।
सबै कथा उम्दा र समाजका मिहिन विषयलाई उजागर गरेको देखिन्छन् । कथाकारलाई धन्यवाद दिन्छु ।

यो खबर आजको न्यु सृष्टि दैनिक पत्रिकामा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!