हिपमत डटकम

बिहिबार, साउन १४, २०७८ || 658  पटक पढिएको
भवानीप्रसाद पोखरेल

खोटाङ खार्पा–८ मा जन्म भै विराटनगरलाई कर्मथलो बनाउदै निजामती सेवा, न्याय समूहमा सेवारत रही साहित्यमा रमाउने साहित्यकार हेमसागर पोखरेलको ‘प्रिय हिमाल’ हाइकुसङ्ग्रह को कुरा गरौं ।

प्रकाशक वाणी प्रकाशन, विराटनगर, सुसाङ्ख्यीकरण नारायण कार्की, आवरण मुकुन्दप्रसाद, मूल्य १३५।–, मुद्रण गजुरमुखी प्रिन्टर्स, विराटनगर, प्रिय हिमाल हाइकुसङ्ग्रह पुस्तक पसलहरूमा उपलब्ध छ ।
प्रकाशकीय भनी वाणी प्रकाशन, हाइकुका लघु हिमालमा हेमसागरका पाइला भनी मधुसुदन गिरी, प्रिय हिमालका धारिला हाइकु भनी चेतनाथ धमला अध्यक्ष नेपाल हाइकु संघ, जीवन, प्रकृति र समयको सुन्दर अभिव्यक्ति भनी डा. धनप्रसाद सुवेदी ‘श्रमिक’का साथै कृष्ण धरावासी र मिश्र वैजन्ती समेतले २७ पेज लेख्दै राम्रो ढङ्गबाट हाइकुको मूल्याङ्कन गरेका छन् । जो बिम्बमा छ । पढौँ पढौँ लाग्ने सुन्दर राम्रो छ ।

यसभित्र ३४१ थान हाइकु सङ्ग्रहित छ । बाहिरी कभरमा हिमालको चुचुरोमा मान्छे कलभर झण्डा अंकित तस्बिरले पुस्तकको सुन्दरता देखाएको छ । जम्मा ९५ पेज छ । आफ्नै कलमबाट भनी हाइकुकारले दुईपेज खर्चिदै पाठकवर्गमा हार्दिक आभार व्यक्त गरेका छन् ।

नेपाली साहित्याकाशमा हाइकुलाई स्थापित गराउन धेरै स्रस्टाको अमूल्य योगदान रहदै हेमसागर पोखरेलले पनि आफ्नो सहभागिता जनाइ सक्नु भएको छ । जापानी हाइकु सिद्धान्त र संरचनालाई अङ्गिकार गर्दै जीवनलाई प्रकृतिसँग मौसमसँग एकाकार गर्दै कलात्मक र श्रुतिमाधुर्य रूपमा प्रस्तुत गरिएको छ । कविता, गीत, कथा लेख्दै आएका पोखरेल हाइकुमा पनि चालेको कलमलाई प्रशंसा गर्न सकिन्छ ।

आजको नेपाली साहित्यमा गजल निकै फस्टाएको पाइन्छ, तर त्यही गतिमा हाइकुले त्यो श्रुति सुखदता एवम् लोकप्रियता हासिल गर्न अर्थात् आम पाठकको मन जित्न अझै सकेको छैन तर पनि हाइकु विधाको आफ्नो छुट्टै पहिचान छ, थोरै शब्दमा धेरै कुरा बिम्बात्मक रूपमा बुझ्न सकिन्छ । पोखरेलका हाइकुमा ऋतुबोधक बिम्ब र राष्ट्रप्रेमको एक हाइकु पढौँ । जस्तै ः–
गुराँस फुल्दा
डाँफेचरी फूरूङ्ग
जगतै मख्ख ।
यसरी हाइकु सलबलिएको पाइन्छ । प्रकृति र मानव तादातम्यको ऋतु एवम् मौसमबोधक बिम्ब प्रयोगको यो राम्रो उदाहरण अर्थात् तरिका हो जस्तो मलाई लाग्दछ ।
हिउँबोधक हिउँ राष्ट्रियता र नेपालको विशिष्ट पहिचान हिमाल र अझ विश्वको सबैभन्दा अग्लो नेपालको सम्पदा सगरमाथा र त्यसमा प्रथम आरोहण गर्ने नेपाली आरोही तेन्जिङ बिम्ब जोडेर प्रयोग गर्नाले हाइकुकारभित्रको राष्ट्रियता र राष्ट्रप्रेमको उदाहरण यसरी प्रष्टिन्छ ।
हिउँको ढिस्को
अथक आरोहण
तेन्जिङ शेर्पा ।
पोखरेलका हाइकुभित्र प्रेम प्रणयको राग भाव, आर्थिक दुरावस्थाका बिम्ब, अशान्ति र भ्रष्टाचारका जलकुम्भी बीच शान्तिका प्याली फूल, जीवन भोग र बोधका विविध अनुभूति, घुम्तीहरूका पीडा, व्यथा र औडाहा तथा छटपटिले सन्तृप्त जीवनरूपी जनको बिम्ब, हाइकुमा यौन बिम्बका रूपमा पनि हाइकुहरू लेखिएका छन् । जुन पढौँ पढौँ लाग्ने, सरल भाषामा बोधगम्य रूपमा पढ्न पाइन्छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!