
चार बर्षदेखि रोकिएको प्रदेश नं १ को नामाकरणबारे पहल सुरु भएको छ । मुख्यमन्त्री शेरधन राईले छलफल यसबारे थालेका छन् । प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेतासँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थालेको उनका प्रेस सल्लाहकार ध्रुव सुबेदीले जानकारी दिए । चालू अधिवेशनबाटै प्रदेशको नाम राख्न राईले पहलकदमी थालेका हुन ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेस, माओवादी केन्द्रm जसपालगायतका दलका नेतासँग मुख्यमन्त्री राईले गरेको छलफल सकारात्मक देखिएको छ । छलफलका क्रममा दलका नेताहरूले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताए ।
प्रदेशको नामाकरणका लागि कोसी, सगरमाथाको नाम अगाडि आएका छन् भने कोसीमा किराँत जोड्ने कुरा पनि चर्चामा आएको छ ।