मंगलबार, माघ २८, २०७६ || 1493  पटक पढिएको

कण्डमलाई परिवार नियोजन तथा यौनजन्य रोगबाट सुरक्षाको भरपर्दो साधन मानिन्छ तर कैयौं पटक असुरक्षित, पुराना र गुणस्तरहीन कण्डमका कारण निकै जोखिम हुन्छ ।

नचाहेरै गर्भधारण हुन्छ वा यौनजन्य रोगको संक्रमण हुन्छ । यही कुरालाई ध्यानमा राख्दै बेलायतले ठूलो परिमाणमा नक्कली र असुरक्षित कण्डम जफत गरेको छ ।

बेलायतको द मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी (एमएचआरए)ले २०१८ देखि २०१९ को बीचमा पूरै देशबाट १ लाख नक्कली कण्डम जफत गरेको छ । यीमध्ये ८७ हजार ५ सय कण्डम त एउटै छापामा भेटिएका थिए ।

नक्कली कण्डमको यति ठूलो धेरै देख्दा अधिकारीहरु पनि छक्क परेका थिए । समातिएका कण्डमका डिब्बामा नक्कली कण्डमका साथै पुराना र असुरक्षित तरिकाले प्याक गरिएका कण्डम पनि थिए । हजारौं कण्डमको प्रयोग अवधि सकिइसकेको थियो ।

ब्राडफोर्ड युनिभर्सिटीका प्रोफेसर महेन्द्र पटेलका अनुसार एमएचआरएले जफत गरेका कण्डम निकै असुरक्षित थिए । कैयौं मानिसहरु यस्ता नक्कली कण्डमको गैरकानुनी व्यापार गर्छन् । पटेलका अनुसार लेटेक्स कण्डम प्राकृतिक रबरबाट बनाइन्छन् तर नक्कली कण्डम अपकृतिक पदार्थबाट असुरक्षित तरिकाले बनाइन्छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!