शुक्रबार, माघ २४, २०७६ || 914  पटक पढिएको

हिपमत डटकम
काठमाडौं,२४ माघ : मौसम पूर्वानुमान महाशाखाले शुक्रबारको मौसमको पूर्वानुमान जारी गरेको छ । पूर्वानुमानका अनुसार हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभएको र दिउँसोबाट पश्चिमी न्यून चापीय प्रणालीको असर सुरु हुनेछ । दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी क्षेत्रमा सामान्यतया सफा रहने छ। देशको पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा र मध्य तथा पूर्वी पहाडी भु–भागका १–२ स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । यसैगरी राति देशका पूर्वी भु–भाग लगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकि भू–भाग सामान्यतया सफा रहनेछ। देशको पूर्वी तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । हाल देशको पहाडी भू–भागका केही स्थानमा आंशिक बदली रहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!