हिपमत डटकम

शुक्रबार, बैशाख ३१, २०७८ || 908  पटक पढिएको

नेपालमा कोरोना भाइरसको संक्रमणबाट सर्वसाधारणसँगै कलाकार पनि अछुतो रहन सकेका छैनन् । कुनै न कुनै माध्यमबाट उनीहरु संक्रमित भइरहेका छन् । कोरोनाको चपेटामा हास्य कलाकार शिवहरी पौडेल पनि परेका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यतिबेला उनको नैकापस्थित एपिअफ हस्पिटलमामा उपचार भइरहेको जानकारी प्राप्त छ । अस्पताल भर्ना भएलगत्तै श्वासप्रश्वासमा समस्या आएपछि अहिले उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा कुनै पनि जटिल समस्या नरहेको बताइएको छ ।

कलाकार पौडेललाई दर्शकले ‘प्वाक्क मुखमा हानु जस्तो’ थेगोबाट चिन्ने गरेका छन् । उनले लामो समय हास्य टेलिश्रृंखला ‘जिरे खुर्सानी’ मा काम गरेका थिए । पछिल्लो समय उनी चलचित्र अभिनयमा व्यस्त छन् । उनले चलचित्र ‘लक्का जवान’ बाट निर्देशनमा पनि डेब्यू गरेका छन् । जुन प्रदर्शनको पखाईमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!