हिपमत डटकम

सोमबार, बैशाख १३, २०७८ || 672  पटक पढिएको

केहि महिना अघि गायक यम बराल संगको सहकार्यमा ‘जवानी ताजा ताजा छ’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेर चर्चा बटुलेकी गायिका उर्मिला लाम्गादेले आफ्नो नयाँ कोशेली ‘माया बैगुनी’ सार्वजनिक गरेकी छिन्।

प्रेमिल शैलीको यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ।
पहिलो पटक गायिका लाम्गादेले यसै भिडियो मार्फत म्युजिक भिडियो अभिनयमा डेब्यु गरेकी छिन्। म्युजिक भिडियोमा गायिका लाम्गादे र चर्चित कलाकार दिलिप रायमाझी बीचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको छ।

प्रज्वल पन्तले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। बुढा सुव्वा डिजिटलको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!