सिजनको स्पेनिस ला लिगा रोमाञ्चक मोडमा पुगेको छ।

आइतबार राति शीर्ष स्थानको एट्लेटिको म्याड्रिड पराजित भएपछि ला लिगा रोमाञ्चक मोडमा पुगेको हो।

ला लिगाको अंक तालिकाको शीर्ष चार टिमबीचको दूरी तीन अंक मात्र छ।

आइतबार एट्लेटिको म्याड्रिडलाई एथ्लेटिक बिल्बाओले २-१ गोलले पराजित गर्‍यो। शीर्ष टिम एट्लेटिको पराजित भएको दिन तेस्रो स्थानको बार्सिलोनाले भिल्लारियललाई २-१ गोलले हरायो।

बार्सिलोनालेको जितमा दुवै गोल ग्रिजम्यानले गरेका थिए। उनले खेलको २८ मिनेटमा पहिलो गोल गर्दा ३५ मिनेटमा दोस्रो गोल गरे।

यता चौथो स्थानको सेभियाले ग्रानडामाथि २-१ को जित हात पार्‍यो।

ला लिगाको अंक तालिकामा शीर्ष स्थानको एट्लेटिकोको ३३ खेलबाट ७३ अंक छ।

दोस्रो स्थानको रियल म्याड्रिडको ३३ खेलबाटै ७१ अंक छ। ३२ खेल खेलेको बार्सिलोना ७१ अंक जोड्दै तेस्रो स्थानमा छ।

चौथो स्थानको सेभियाले ३३ खेलबाट ७० अंक जोडेको छ।

एक खेल कम खेलेको बार्सिलोनाले आगामी खेलमा जित हात पारे शीर्ष स्थानको एट्लेटिकोसँग एक अंकको अग्रता लिनेछ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!