हिपमत डटकम

मंगलबार, बैशाख ०७, २०७८ || 787  पटक पढिएको

विदेशमा बसेर नेपाली सांगीतिक आकाशमा अमिट छाप छोड्न सफल गीतकार तथा निर्देशक हिरा काजी थापाको नयाँ गित “मिठो धोका” को म्युजिक भिडियो सार्बजनिक भएको छ। उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका सुजाता बर्माको आवाज रहेको छ। गीतकार हिरा काजी थापाको शब्द तथा सुप्रशिद्ध संगीतकार नागेन्द्र श्रेष्ठको संगीत रहेको गीत “मिठो धोका” को म्युजिक एरेन्ज भने उदय राज पौडेलले गरेका छन् ।

 

बिगत लामो समय देखि लन्डनमा बसोबास गर्दै आएका हिरा काजी थापा भर्सटायल व्यक्तित्वको रुपमा परिचित छन्। लन्डनमा बसेर इन्टरनेटको माध्यम बाट दर्जनौ चर्चित म्युजिक भिडियो निर्देशन गर्न सफल थापाले डिजिटल प्रविधिको भरपुर उपयोग गर्दै फेरि पनि आकर्षक म्युजिक भिडियो लिएर आएका हुन्। छायाँकार उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाइ निर्देशक हिरा काजी थापाले निर्देशन गरेका हुन्। त्यसैगरी भिडियोमा गौरब गिरीको कोरियोग्राफी र श्याम कुँवरको सम्पादन रहेको छ। सार्बजनिक म्युजिक भिडियोमा मोडल भद्रजंग कुँवर, समिक्षा पोखरेल, रिया क्षेत्रि, प्रविन डिसी, गोर्खा तिरुवा र गङ्गा कुँवरलाई फिचर्ड गरिएको छ । भिडियोलाइ निर्माता समेत रहेका हिरा काजी थापाले नै निर्माण गरेका हुन् । भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!