हिपमत डटकम

शनिबार, चैत्र २८, २०७७ || 839  पटक पढिएको

बिराटनगर। नेपाली, मैथिली भोजपुरी, लगायत विभिन्न भाषामा गीत गाएर सांगीतिक क्षेत्रमा स्थापित भएका लोकप्रिय गायक रूद्रसेन विश्वकर्मा मैथिली गीत ‘लभ करे दे’ मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । रुद्रसेन विश्वकर्मा र सोनी कुमारीको यूगल स्वरको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतका रचनाकार रूद्रसेन विश्वकर्मा हुन् भने रूद्रसेन विश्वकर्माले नै यस गीतलाई संगीतबद्ध गरेका छन् । गीतका संगीत संयोजक भने पारस मणि हुन् ।

रूद्रसेन क्रियसनको प्रस्तुतिमा निर्मात्री नीर कुमारी विश्वकर्मा (सविना) को निर्माण रहेको उक्त मैथिली भिडियोमा मोडल रिचा थापा र प्रदिप कुमार रसाइलीलाई देख्न सकिन्छ । भिडियोमा प्रदीप कुमार रसाइलीको निर्देशन रहेको छ । त्यसैगरी नबिन गिरीको छायांकन तथा अमृत चापागाईंको सम्पादन रहेको छ।

भिडियो हेर्नुहोस :

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!