हिपमत डटकम

बिहिबार, चैत्र २६, २०७७ || 894  पटक पढिएको

‘फुलबुट्टे सारी’ गीत गाएर चर्चामा आएकी यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीसँग बरिष्ठ अभिनेता मदनकृण श्रेष्ठले नयाँ गीत गाउने भएका छन् । श्रेष्ठले बिहिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै वियोन्ससँग नयाँ गीत गाउने तयारी गरेको जानकारी दिएका हुन् ।

‘हामीले गाएको गीत ‘फुलबुट्टे सारी’ वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तर्राष्ट्रिय करणको रुप लिएको महसुस गरिएको छ’ श्रेष्ठले अगाडि लेखेका छन् ‘अब वियोन्स र म मिलेर अर्काे एउटा युगल गीत गाउने तरखरमा छौं ।’
श्रेष्ठले वियोन्स तरुनीसँग आफ्नो स्वर मेल खाला कि नखाला भनेर समेत चिन्ता गरेका छन् ।

यो गीतको पहिलो भर्सन गायिका मेलिना नेवारको स्वरमा आएको थियो । जसमा शब्द तथा संगीत राजराज शिवाकोटीको रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!