नेपाल चलचित्र निर्देशक समाजले आफ्नो १३ बार्षिक साधरण सभा को अवसर पारेर अक्षय कोषको स्थापना गरेको छ । कोषको स्थापनाको घोषणा गर्दै महासचिव जनकदिप पराजुलिले रु एक लाख प्रदान गर्नु भयो भने , निर्देशक समाजका सचिव तथा नेपाल चलचित्रकर्मि महासंघ प्रदेश १ का अध्यक्ष अरुण कुमार प्रधान ले २५,२२२/-, कार्य समिति सदस्य सुरेश नेउपाने ले २०,०००/- , ओ आर एस डिजिटलका ॐ अग्रवालले ५१,०००/- ,निर्देशक मिलन चाम्स्ले १,११,१११/- , बेल्जियम निवासि रफि शाहले ५१,०००/-, तेजेन्द्र कडेलले १६,०००/- गरि जम्मा ३,७४,३३३/- संकलन भएको छ । यहि समिति हुदाहुदै रु २५,००,०००/- ( पचिस लाख ) पुर्याउने लक्ष्य रहेको कुरा महासचिव ले जानकारि गराउनु भयो । यहि अवसर पारेर समाजले अर्को दुइ महत्वपुर्ण निर्णय गरेको छ , निर्देशक हरुले आफ्नो सदस्यता प्राप्त गर्ने बितिक्कै नलग नइन्सुरंस कम्पनि मा रु ७,००,०००/- बराबरको दुर्घटना बिमा हुनेछ । तर यसको लागि सदस्यहरुले हरेक बर्ष आफ्नो सदस्यता नविकरण गर्नु पर्ने छ । निर्देशक समाजले सातै वटा प्रदेशमा आफ्नो शाखा विस्तारको साथै बिदेशमा पनि आफ्नो सम्पर्क कार्यलय स्थापना गर्ने निर्णय गरेको छ ।
नेपाल चलचित्र निर्देशक समाजले आईतबार काठमायौंमा एउटा सम्झनालायक समारोह आयोजना गर्दै चलचित्र ९२ वर्षीय ”आदर्श नारि ” चलचित्रका निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित गरेको छ ।

 

चलचित्र विकास बोर्डमा आयोजित निर्देशक समाजको १३ औं साधारण सभामा
शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको प्रमुख आतिथ्यमा चलचित्र निर्देशकहरु युवराज लामा, रमेश बुढाथोकी, प्रकाश सायमी तथा नारायण पूरीलाई चलचित्र सर्जक सम्मान गरियो ।
समारोहमा युवा चलचित्र निर्देशक सम्मानमार्फत निर्देशक ऋषि लामिछाने तथा लोकप्रिय निर्देशक सम्मान दीपाश्री निरौलालाई प्रदान गरियो ।
लाइभफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मानित निर्देशक हेमबहादुर लामाले नीजि क्षेत्रबाट चलचित्र बन्न थालेपछि ‘आदर्श नारी’ को निर्माण तथा निर्देशन गरेका थिए ।

 

यो फिल्मले थुप्रै जना कलाकार, गायक, गायिका तथा संगीतकारलाई समेत पहिलो ब्रेक दिएको थियो ।

अभिनेता विजय लामाले यही फिलमबट डेब्यू गरेका थिए भने अभिनेत्री सन्नी रौनियार, हनी रौनियार, अंशुमाला शाही, कलाकार उज्ज्वल घिमिरे, मोहन निरौला, संगीतकार मदन परियारले यही फिल्मबाट ब्रेक पाएका थिए ।

 

आदर्श नारीमा लामाकै कथा, पटकथा तथा संवाद पनि थियो ।

बुबा हेमबहादुरले दीर्घकालीन सम्मान प्राप्त गर्दा कलाकार तथा वरिष्ठ क्याप्टेन विजय लामा भावुक बनेका थिए ।

‘चलचित्र जगतले हेम लामा को हो भनेर बिर्सिसकेको थियो । कहिल्यै पनि कुनै फिल्मको कार्यक्रममा उहाँलाई निमन्त्रणा आएको मलाई थाहा छैन’, विजय लामाले आफूलाई ती कार्यक्रममा निमन्त्रणा आउँदा पनि उनी नजाने गरेको बताए ।

 

समारोहमा समाजको विगतदेखि वर्तमानसम्मको वृत्तचित्र प्रदर्शन गरेर कार्यक्रमको सुरुवात गरिएको थियो भने स्रष्टाहरुलाई रेडकार्पेटमा स्वागत गरिएको थियो ।

आफूले अक्षयकोषमा सहयोग गर्न नपाएकोमा दुखी हुँदै वरिष्ठ निर्देशक नीर शाहले फिल्मकर्मी अझै व्यवसायिक बन्न नसकेको धारणा व्यक्त गरे ।

समारोहमा चलचित्र निर्देशनभन्दा बाहिरको विधामा पनि सफलता हासिल गरिरहनु भएको भन्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, पशुपति क्षेत्र विकास कोषका अध्यक्ष डा.घनश्याम खतिवडा तथा कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुरका स्टेशन मेनेजर दिनेश डिसीलाई दोसल्ला ओढाएर उहाँलाई वधाइ ज्ञापन गरिएको थियो ।
निकट भविस्यमा नेपालका तिन स्थानमा कार्यशाला गर्ने योजना तथा वैशाखमा निर्देशकहरुको पिकनिक कार्यक्रम आयोजना गर्ने योजना रहेको भनेर समाजकि अध्यक्ष रक्ष्या सिंह राणाले जानकारि गराउनु भयो ।
कार्यक्रममा चलचित्र क्षेत्रा थुप्रै अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!